झाँक्री पक्राउ प्रकरण : सामाजिक सञ्जालमा कसले के भने ? « Khabarhub

झाँक्री पक्राउ प्रकरण : सामाजिक सञ्जालमा कसले के भने ?


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ परेकी छन् । प्रहरीले उनलाई राज्यविरुद्धको कसुर अन्तर्गत पक्राउ पूर्जी बुझाएर काडमाडौँको शंखमूलस्थित उनकै निवासबाट बिहीबार अपराह्न करिब १ बजे पक्राउ गरेको हो ।

उनलाई पक्राउ गर्न प्रहरी निवास पुगेपछि सामाजिक सञ्जालमा उनका पक्षमा पनि बहस सुरू भएको छ ।

कसले के भने ?

नेकपा नेता जनार्दन शर्माले देशलाई मुडभेटमा लगेर आपनो निहित स्वार्थ पुर्ति गर्ने षड्यन्त्र भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘रामकुमारी झाक्री लाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताको हनन् मात्र होइन देशलाई मुडभेटमा लगेर आपनो निहित स्वार्थ पुर्ती गर्ने षड्यन्त्र हो ।’

https://www.facebook.com/janardan.sharma.5661/posts/3493510850873387

त्यस्तै नेतृ पम्फा भुसालले पनि आपत्ति जनाएकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘हामीले संघर्ष गरेर ल्याएको संघीय लोकतांत्रिक गणतंत्र जनताले बोल्न नपाउने निरंकुशतन्त्र होइन है ।जनबिरोधी कामगरे रास्ट्रपति प्रधानमन्त्रीको आलोचना मात्र होइन सत्ताबाट हटाउने तागत जनतामा रहेको कुरा अध्यारो कोठामा बसेर सडयन्त्र गर्नेले राम्रोसित बुझ्दा हुनछ । # प्रतिगामी सरकार मुर्दाबाद # ।’

त्यस्तै नेता योगेश भट्टराईले राष्ट्रपति संस्थाको गरिमालाई गुटको स्वार्थमा कैद नगर्न सुझाव दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रामकुमारीलाई गिरफ्तार गर्न आदेश दिने राष्ट्रपतिका आफ्ना भनिएकाहरुले नै राष्ट्रपतिलाई धुलिसाफ गर्ने भए । राष्ट्रपति संस्थाको गरिमालाई गुटको स्वार्थमा कैद नगर । ब्यक्तिगत रुपमा रामकुमारीलाई थप परिपक्व बनाउने छ र अझ स्थापित गर्नेछ । प्रहरी रामकुमारीको निवासबाट तत्काल फिर्ता होउ ।’

https://www.facebook.com/yogeshbhattarai.ncp/posts/4003530942992452

गगन थापाले कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? भन्दै प्रश्न गरेका छन् । उनले भनेका छन्, ‘उहिले महाराजा अहिले राष्ट्रपति! सरकार झ्यालखानाको संख्या थप,किनकि सत्य को पक्षमा बोल्ने मुख तिमिले देखाएको त्रासले बन्द हुँदैन।’

https://www.facebook.com/thapagk/posts/3832236246820259

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  १ : १९ बजे

नेपाल–चीन कृषि सहकार्यमा नयाँ सुरूवात : खोकनामा ‘छोङछिङ-नेपाल तरकारी तालिम केन्द्र’

काठमाडौं- नेपालको कृषि क्षेत्रलाई आधुनिक प्रविधि र वैज्ञानिक पद्धतिसँग जोड्दै

अध्यादेशबाट हटाइए पुराना, तर सरकारसँग छैन नयाँ ल्याउने नयाँ तरिका

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था

सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत सहमतिका लागि आयोगको सिफारिस

काठमाडौं- राष्ट्रिय योजना आयोगले विभिन्न आठ वटा सडक आयोजनाको बहुवर्षीय

ट्राफिक प्रहरीद्वारा चैत मसान्तसम्म २६ करोड बढी राजस्व सङ्कलन

काठमाडौं- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको चैत

चितवनका विद्यालयलाई ‘स्कुलबस सञ्चालन निर्देशिका’ कार्यान्वयन गर्न अनुरोध

चितवन- भरतपुर महानगरपालिकाभित्र सञ्चालित स्कुल बसलाई निर्देशिका कार्यान्वयन गर्न निर्देशन