कर्णाली करिडोर जोड्ने पक्की पुल बन्दै « Khabarhub

कर्णाली करिडोर जोड्ने पक्की पुल बन्दै


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कर्णाली करिडोर जोड्ने कालिकोटको नरहरिनाथ गाउँपालिका–८ मा रहेको खुलालुको पक्की पुलको निर्माण तीव्रगतिमा भइरहेको छ ।

कर्णाली राजमार्गबाट गौरवको आयोजनाका रूपमा मानिएको कर्णाली करिडोर जोड्ने खुलालु पक्की पुलको शिलान्यास गरेको १४ वर्षपछि पुल निर्माणले गति लिएको हो ।

दुईपटक शिलान्यास भएको पुल एक दशक बित्दासम्म निर्माणकार्यले तीव्रता पाउन सकेको थिएन । एक दशकपछि अलपत्र पुलको आगामी असारसम्म निर्माण सम्पन्न गरिसक्ने पुल निर्माणको जिम्मा पाएको प्रगति कन्काई नेपाल प्रालिले जनाएको छ ।

सडक डिभिजन कार्यालय जुम्लाले निर्माण कम्पनीलाई पुल निर्माणको नक्शा नदिँदा अलपत्र परेको निर्माण कम्पनीका प्रतिनिधि दीपक मैनालीले बताए ।

“नक्शा पाइसकेपछि विसं २०७४ देखि निर्माण शुरु गरेका थियौँ”, उनले भने, “कर्णाली नदीको पानी कम भएपछि हिउँदको छ महिना काम हुने, वर्षामा पानी बढेर काम गर्न सकिएन त्यसकारणले पनि निर्माणमा ढिलाइ भयो ।”

पुलको लागत रु १६ करोड बढी रहेको र कोरोना भाइरसका कारणले देशमा लकडाउन नभएको भए गत साउनमै निर्माण सम्पन्न गरिसक्ने निर्माण कम्पनीका प्रतिनिधि मैनालीले बताए ।

“देशमा लकडाउन नभएको भए गत आर्थिक वर्षमै निर्माण गरिसक्ने योजना रहेको थियो”, उनले भने, “अब यस आवको असार समान्तसम्ममा निर्माण पूरा हुन्छ ।”

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  १ : २५ बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय