‘तिमीसँगै हुने मन छ’मा भारतीय अभिनेता रोहित « Khabarhub

‘तिमीसँगै हुने मन छ’मा भारतीय अभिनेता रोहित


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्देशक दीवाकर भट्टराईको निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्म ‘तिमीसँगै हुने मन छ’मा भारतीय अभिनेता रोहित सुचान्तीले अभिनय गर्ने भएका छन् । भारतीय टेलिसिरियल ‘तुने प्यार क्या किया’ र ‘रिश्ता लिखंगे हम नयाँ’ लगायत आधा दर्जन टेलिसिरियलमा अभिनय गरिसकेका रोहितले रियालिटी शो ‘बिग बोस १२’मा पनि सहभागिता जनाइसकेका छन् ।

मुम्बईको महावीर जैन कलेजमा अध्ययन गरेका उनले फिल्म ‘तिमीसँगै हुने मन छ’मा अभिनेत्री दीपिका प्रसाईंसँग रोमान्स गर्नेछन् । निर्देशक दिवाकरका अनुसार फिल्मका लागि अभिनेताद्वय पल शाह र पुष्प खड्कासँग मौखिक कुराकानी भए पनि टुंगो लागिसकेको छैन ।

ओम नव शिवाय प्रोडक्सनको व्यानरबाट निर्माण हुने फिल्मको छायांकट चैतको पहिलो हप्ता शुरु हुनेछ । प्रेमकथामा आधारित फिल्ममा प्राविधिक समूह भारतबाट नै आउने निर्देशक दिवाकरले बताए ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  १ : ४० बजे

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र