रासायनिक मलको बिक्री प्रभावित « Khabarhub

रासायनिक मलको बिक्री प्रभावित


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशीक कार्यालयसँग पर्याप्त मात्रामा युरिया मल भए पनि बेमौसम चलिरहेकाले यसको बिक्री प्रभावित भएको छ । शुरुशुरुमा गहुँ छर्ने समय भएकाले युरिया मलको अत्याधिक माग रहेको थियो । अहिले अफसिजन भएकाले उक्त मल बिक्री हुन नसकेको प्रादेशिक प्रबन्धक गोरखनाथ केसीले बताए ।

चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा सो कार्यालयले युरिया मल तीन हजार ६२७ दशमलव छ मेट्रिक टन, डिएपी दुई हजार २२८ दशमलव २५० मेट्रिक टन र पोटास ३५३ दशमलव ६५ मेट्रिक टन बिक्री गरेको भए पनि अहिले सो कार्यालयको गोदाममा युरिया दुई हजार मेट्रिक टन, डिएपी तीन हजार मेट्रिक टन र पोटास दुई हजार २०० मेट्रिक टन मौज्दात अवस्थामा रहेको सो कार्यालयले जनाएको छ ।

बङ्गलादेशबाट ल्याउने भनिएको युरिया मल फागुनको पहिलो हप्तासम्म नेपाल आइपुग्ने छ । त्यहाँबाट आउने ५० हजार मेट्रिक टन युरिया मलमध्ये २० हजार मेट्रिक टन मल वीरगञ्जका लागि आउने छन् । मल आउने क्रम जारी रहेकाले यसको अभाव नदेखिने भए पनि बेमौसम भएकाले मलको बिक्री भने सोचे जस्तो हुन नसकेको बताइएको छ ।

मल आयातका लागि सबै प्रक्रिया सकिएकाले आजदेखि बङ्गलादेशबाट मल बोकेका कन्टेनर नेपालका लागि छुट्ने छन् । पहिलो चरणमा २० हजार मेट्रिक टन प्याकिङ्ग गरिएको युरिया मल ल्याउन भारतीय भन्सारसँग प्रक्रिया मिलाउने काम भइरहेको सो कार्यालयले जनाएको छ ।

पहिलो खेपमा २० हजार मेट्रिक टन मल आउने र दोस्रो खेपमा बाँकी रहेको ३० हजार मेट्रिक टन मल आउने छ । नेपालले बङ्गलादेशबाट आजदेखि बङ्गलादेशको चट्टोग्रामबाट मल बङ्गला जलमार्गमार्फत जेश्वररफुल्ना, रोहनपुरर सिंहबाद हुँदै रेलमार्गमार्फत विराटनगर, वीरगञ्ज र भैरहवाका गोदाममा सो मल आउने बताइएको छ ।

उता तेस्रोमुलुक अमनबाट ३० हजार मेट्रिक टन युरिया मल नेपाल आउने क्रम जारी रहेको छ र त्यसमध्ये वीरगञ्जका लागि १२ हजार ५०० मेट्रिक टन, विराटनगरका लागि सात हजार ५०० मेट्रिक टन र भैरहवाका लागि १० हजार मेट्रिक टन हुनेछ। कार्यालयले पर्साका १४ स्थानीय तहमा रहेका ११९ वटा सहकारी संस्थामार्फत सो मल बिक्री गर्दै आएको छ । रासस

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ३ : १९ बजे

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार

चौबीस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो