रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न नेकपा (दाहाल-नेपाल समूह)को माग | Khabarhub Khabarhub

रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न नेकपा (दाहाल-नेपाल समूह)को माग


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— नेकपाको दाहाल–नेपाल समूहले नेतृ रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेको छ ।

राज्यविरुद्धको कसुरमा प्रहरीले बिहीबार झाँक्रीलाई पक्राउ गरेलगत्तै विज्ञप्ति जारी गर्दै दाहाल–नेपाल समूहले निसर्त उनको रिहाइको माग गरेको हो ।

‘हाम्रो पार्टीका केन्द्रीय कमिटी सदस्य तथा प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीलाई आज गरिएको गिरफ्तारीबाट हाम्रो पार्टी आश्चर्यचकित भएको छ,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी गरको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको यस गिरफ्तारीले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरकुंश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको छ ।’

गोरखाको एक कार्यक्रममा नेकपा दाहाल- नेपाल पक्षकी नेतृ तथा झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीबारे टिप्पणी गरेकी थिइन्।  त्यस टिप्पणीलाई लिएर अखिल नेपाल महिला संघ (अनेमसंघ)ले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै झाँक्रीलाई पक्राउ गरी कारबाही माग गरेको थियो।

बुधबार काठमाडौँमा भएको दाहाल-नेपाल समूहको कार्यक्रममा पनि उनले राष्ट्रपति भण्डारीको चर्को आलोचना गरेकी थिइन् ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ३ : ४२ बजे

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै