विराटनगरमा फागुन ८ गते ओली पक्षले प्रदेशस्तरीय जनसभा गर्ने « Khabarhub

विराटनगरमा फागुन ८ गते ओली पक्षले प्रदेशस्तरीय जनसभा गर्ने


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, सार्वभौमसत्ताको रक्षा र ताजा जनादेशका पक्षमा सन्देश दिन आगामी फागुन ८ गते विराटनगरमा प्रदेशस्तरीय जनसभाको आयोजना गर्ने भएको छ ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलगायत शीर्ष नेताले सम्बोधन गर्ने सभामा प्रदेशका १४ जिल्लाबाट सहभागिता हुने नेकपाको प्रदेश नं १ प्रदेश कमिटीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

नेकपाका केन्द्रीय सदस्य राजेन्द्र गौतमले विकास, समृद्धि र राजनीतिक स्थायित्व, सुदृढ लोकतन्त्रका लागि सभाको आयोजना गर्न लागिएको बताए ।

उनले फागुन ६ गते सुनसरीको इटहरी र मोरङको विराटचोकलाई मूल केन्द्र मानेर १० हजारको सहभागितामा मोटरसाइकल र्‍यालीको आयोजना गर्ने, फागुन ७ गते बिहान विराटनगर, इटहरी, धरान, इनरुवा, विराटचोक, दमक, विर्तामोडमा युवाको आयोजनामा प्रभातफेरी गरिने बताए ।

प्रेस सङ्गठन नेपालका इञ्चार्ज गौतमले फागुन ७ गते दिउँसो युवा/विद्यार्थीको मार्चपास र प्रेस सङ्गठन नेपालको प्रदेशस्तरीय भेलाको पनि आयोजना गरिने जानकारी दिए ।

प्रदेशस्तरीय सभालाई प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा, नेकपा स्थायी कमिटी सदस्य सुवास नेम्वाङ लगायतले सम्बोधन गर्नेछन।

प्रदेश १ का १४ वटै जिल्लाबाट एक लाख ३६ हजार भन्दाबढीकोसहभागिता रहने मूल जनपरिचालन समितिका सचिव विनोद ढकालले जानकारी दिए ।

जनसभालाई भव्य बनाउनका नेकपा प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेको संयोजकत्वमा एक हजार १११ सदस्यीय समिति निर्माण गरिएको छ । केन्द्रीय सदस्य गौतम र अर्का केन्द्रीय सदस्य तथा आन्तिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की उपसंयोजक रहेको प्रचारप्रसार कमिटीसमेत गठन गरिएको छ ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  १० : ३२ बजे

उम्मेदवार खेरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका उम्मेदवार जगदीश खरेललाई

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ