बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो | Khabarhub Khabarhub

बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ ।

अन्तिम १६ को दोस्रो लेग अन्तर्गत बुधबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) सँग १–१ को बराबरी खेले पनि समग्रमा ५–२ को हारसहित बार्सिलोना बाहिरिएको हो ।

घरेलु मैदानमा भएको पहिलो लेगमा बार्सिलोना ४–१ ले पराजित भएको थियो ।

बुधबार राति भएको खेलमा घरेलु टोली पिएसजीले ३०औँ मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गरेको गोलबाट अग्रता लियो ।

३७औँ मिनेटमा लियोनल मेस्सीले बराबरी गोल गरे । त्यसपछि खेलमा कुनै पनि गोल भएनन् । तर अवे मैदानमा पिएसजीले गरेको ४-१ को जित दोस्रो लेगका लागि पर्याप्त भयो ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ६ : ३४ बजे

संरक्षण थालिएको ताल नै सुकेपछि…

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।