सबैभन्दा मनपर्ने तस्वीर राख्दै अमेरिकी राजदूत बेरीले दिए महाशिवरात्रि शुभकानमा « Khabarhub

सबैभन्दा मनपर्ने तस्वीर राख्दै अमेरिकी राजदूत बेरीले दिए महाशिवरात्रि शुभकानमा


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि अमेरिकाका राजदूत र्‍याण्डि बेरीले महाशिवरात्रिको शुभकामना दिएका छन् ।

उनले सामाजिक सञ्जालमा १३ वर्षअघिको एक तस्वीर शेयर गर्दै शिवरात्रिको शुभकामना दिएका हुन् । उनले नेपालमा ६ वटा शिवरात्रिको अनुभव गर्ने अवसर पाएको बताएका छन् ।

‘महाशिवरात्रीको शुभकामना । मैले नेपालमा झन्डै ६ वटा शिवरात्रीको धुमधाम अनुभव गर्ने अवसर पाएको छु र तीमध्ये मलाई सवैभन्दा मनपर्ने यो तस्वीर चाहिँ १३ बर्षअघिको हो। तपाईंहरू सबैको दिन शुभ रहोस्,’ उनले भनेका छन् ।

प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा पर्ने दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवलाई खुशी पार्ने विशेष दिन हो ।

परब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरूप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने विश्वास छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  १० : ५१ बजे

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ