निश्चल भन्छन्, ‘सरकारको मुख नताकौं’ « Khabarhub

निश्चल भन्छन्, ‘सरकारको मुख नताकौं’


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोभिडपछि नेपालीको जनजीवन सामान्य अवस्थामा फर्कदैछ । आम क्षेत्रझैं फिल्म क्षेत्र पनि विस्तारै चलायमान बन्दैछ । निर्माणको चरणमा रहेका धेरै फिल्महरु फ्लोरमा छन् भने घोषणा गरिएका फिल्महरुले सुटिङ सुरु गरिसकेका छन् ।

सरकारले ढिलै भए पनि फिल्म हल खोल्नका लागि अनुमति दिइसकेको अवस्थामा अझै पनि केही फिल्मकर्मीहरु सरकारको सहयोगको आशमा छन् । तर ‘लुट’ फेम्ड निर्देशक निश्चल बस्नेत भने सरकारको मुख ताक्न नहुने तर्क राख्छन् ।

राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा उनले सरकारको मुख ताक्नु भन्दा फिल्मकर्मीहरु एकजुट हुनुपर्नेमा जोड दिए । ‘फिल्म क्षेत्रलाई चलायमान बनाउन सरकारको मुख ताक्नु भन्दा हामी फिल्मकर्मीले के गर्न सक्छौं, त्यतातिर सोचौं । अहिले निर्माता, निर्देशक, कलाकार, प्राविधिक, वितरक, प्रदर्शक सबै एकताबद्ध हुनुपर्ने समय छ’, उनले भने ।

उनले एक वर्षका लागि सबैले एकापसमा सहयोगको भावना विकास गरेर अघि बढ्न सकेमा फिल्मलाई कोभिड अघिको अवस्थामा ल्याउन सकिने दाबी गरे । ‘पत्रकार, समिक्षक अथवा फिल्मकर्मी जोकोहीलाई फिल्म मन परोस् वा नपरोस् त्यो आफ्नो कुरा हो, तर यो अवस्थामा नकारात्मक कुरालाई भुलेर सकारात्मक सोच बनाई अघि बढौं’, निश्चलले भने ।

निश्चलले चलचित्र विकास बोर्डले सञ्चार मन्त्रालयसँग समन्वय गरेर अगाडि बढ्नुपर्ने बताए । ‘कमसेकम एक वर्षका लागि हामी पुराना कुरा बिर्सेर एकताबद्ध भएर अघि बढौं । त्यसले हाम्रो र फिल्म क्षेत्रकै भलो गर्नेछ’, उनको भनाई थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ४ : ४५ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय