बुढानिलकण्ठ धर्मशालाको पुनर्निर्माण शुरू « Khabarhub

बुढानिलकण्ठ धर्मशालाको पुनर्निर्माण शुरू


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बुढानिलकण्ठ धर्मशालाको पुनर्निर्माण शुरू भएको छ । भारत सरकारको आर्थिक लगानीमा निर्माण गर्न लागिएको धर्मशालाको एक कार्यक्रमकाबीच शिलान्यास भएको छ ।

धर्मशाला पुनर्निर्माणको भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य सी खम्पा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।

शिलान्यासका अवसरमा आयोजित कार्यक्रममा मन्दिरका मठाधिस स्वामी निगमानन्द, बुढानिलकण्ठ व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण खड्का, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिलाल गेलाल, भूमि सुधार तथा व्यवस्थापन मन्त्रालयका सचिव टेक नारायण पाण्डे, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त जय बहादुर चन्द, बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव प्रसाद खरेल, विश्व हिन्दु महासंघका अध्यक्ष चक्र बन्धु अर्याल लगायत भारतीय राजदूतावास तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पदाधिकारीको उपस्थिति थियो ।

यो धर्मशालाको पुनर्निर्माण गर्न भारत सरकारले ५.८ अर्ब रुपैयाँ आर्थिक सहयोग गरेको छ । भारतले विगतदेखि नै सांस्कृतिक सम्पदा संरक्षण एवम् पुनस्र्थापनाका लागि नेपालसँग मिलेर काम गर्दै आएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ४ : ०१ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना