बुढानिलकण्ठ धर्मशालाको पुनर्निर्माण शुरू « Khabarhub

बुढानिलकण्ठ धर्मशालाको पुनर्निर्माण शुरू


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बुढानिलकण्ठ धर्मशालाको पुनर्निर्माण शुरू भएको छ । भारत सरकारको आर्थिक लगानीमा निर्माण गर्न लागिएको धर्मशालाको एक कार्यक्रमकाबीच शिलान्यास भएको छ ।

धर्मशाला पुनर्निर्माणको भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य सी खम्पा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।

शिलान्यासका अवसरमा आयोजित कार्यक्रममा मन्दिरका मठाधिस स्वामी निगमानन्द, बुढानिलकण्ठ व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण खड्का, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिलाल गेलाल, भूमि सुधार तथा व्यवस्थापन मन्त्रालयका सचिव टेक नारायण पाण्डे, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त जय बहादुर चन्द, बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव प्रसाद खरेल, विश्व हिन्दु महासंघका अध्यक्ष चक्र बन्धु अर्याल लगायत भारतीय राजदूतावास तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पदाधिकारीको उपस्थिति थियो ।

यो धर्मशालाको पुनर्निर्माण गर्न भारत सरकारले ५.८ अर्ब रुपैयाँ आर्थिक सहयोग गरेको छ । भारतले विगतदेखि नै सांस्कृतिक सम्पदा संरक्षण एवम् पुनस्र्थापनाका लागि नेपालसँग मिलेर काम गर्दै आएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ४ : ०१ बजे

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा