‘लप्पन छप्पन २’ ट्रेलरमा संघर्ष र षड्यन्त्र « Khabarhub

‘लप्पन छप्पन २’ ट्रेलरमा संघर्ष र षड्यन्त्र


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी चैत २७ गते रिलिज हुने फिल्म ‘लप्पन छप्पन २’को ट्रेलर सार्वजनिक भएको छ । महाशिवरात्रीको अवसर पारेर फिल्म युनिटले बिहीबार राजधानीमा एक कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा पेरिसबाट नेपाल आएको तीन सय मिलियन डलर हत्याउन फिल्मका प्रमुख पात्रहरुले गरेको संघर्षलाई प्राथमिकता दिइएको छ ।

फिल्मका प्रमुख कलाकारहरु सौगात मल्ल, शिव श्रेष्ठ, अर्पण थापा, अनुपविक्रम शाही फिचर्ड ट्रेलरमा उनीहरुलाई फरक गेटअपमा प्रस्तुत गरिएको छ ।

अष्ट्रेलिया र नेपालमा छायांकन भएको फिल्ममा शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व. दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डालगायतका कलाकारको पनि अभिनय रहेको छ ।

गोल्डेन हिल्स पिक्चर्स, रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको ब्यानरमा निर्माण भएको फिल्ममा सुरज अधिकारी र प्रजापति शिवाकोटी कार्यकारी निर्माता छन् ।

चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोषचन्द्र भक्रेलको लगानी रहेको फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, मिलन श्रेष्ठको सम्पादन छ ।

मुकुन्द भट्टको पटकथा, संवाद तथा निर्देशन रहेको फिल्ममा खिलेन्द्रराज तिमल्सिना प्रस्तुतकर्ता छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ५ : १५ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय