छायांकनमा प्रदीपको ‘प्रकाश’ « Khabarhub

छायांकनमा प्रदीपको ‘प्रकाश’


२७ फाल्गुन २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षक बन्न संघर्षरत एक युवाको कथा समेटिएको फिल्म ‘प्रकाश’को बिहीबार मनकामना मन्दिरमा मुहुर्त गरिएको छ ।

अभिनेता प्रदीप खड्काको शीर्ष भूमिकामा अभिनय रहने फिल्मको युनिट छायांकनका लागि बिहीबारै जुम्ला गएको छ । दिनेश
राउतकेा निर्देशन रहने ‍ फिल्ममा रेनु योगीको ‘डेब्यू’ अभिनय छ ।

फिल्ममा प्रदीप र रेनुसँगै दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाही लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

विनिश इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा महेन्द्र अधिकारीको लगानी रहनेछ । फिल्ममा राजेश श्रेष्ठको छायांकन, विकास सुवेदीको कथा, अनुप बरालको कास्टिङ तथा ताराप्रकाश लिम्बु, एलिस कार्की, दीपक शर्माको संगीत रहनेछ ।

सन् २०२१ भित्र रिलिज हुने फिल्म आरआर फिल्मस्ले वितरण गर्नेछ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहिबार  ६ : ०५ बजे

भर्‍याङ चढेर कैदी भागेपछि…

गण्डकी– कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा कास्की कारागारमा जन्मकैदको सजाय

डडेल्धुरामा किबीखेती विस्तार

डडेल्धुरा– डडेल्धुरामा किबीखेती विस्तार हुँदै गएको छ । जिल्लामा किबीखेती

कात्तिक १५ गतेदेखि नागढुङ्गा सुरुङमार्गमा सवारी शुल्क लाग्ने

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग

फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

कञ्चनपुर– तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका

बुढीगण्डकी बाढीबाट माछाखोलामा करोडौँको क्षति (तस्बिर)

गोरखा– असोज २५ गते आएको बाढीले गोरखाको धार्चे गाउँपालिका–५ स्थित