फुङलिङमा आगलागी, एक घर जलेर नष्ट | Khabarhub Khabarhub

फुङलिङमा आगलागी, एक घर जलेर नष्ट


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– फुङलिङ नगरपालिका– ५ स्थित उकालीपानीमा एक घर जलेर नष्ट भएको छ ।

आज अपराह्न अचानक भएको आगलागीबाट सन्तोष लिम्बूको घर जलेर नष्ट भएको हो । घरमा कोही नभएका अवस्थामा भएको आगलागीबाट रु दुई लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

एक्लै बस्दै आएका लिम्बूको आगलागीबाट रु ८० हजार, रु ३० हजार बराबरको अन्नपात र लत्ताकपडालगायत सामान र करीब रु एक लाख ५० हजार बराबरको कच्ची घर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नगरपालिकाको दमकलको सहायतामा स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । आगलागीको कारण भने खुलेको छैन ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ५ : ३३ बजे

कर्णाली राजमार्गमा ठूला सवारिसाधन सञ्चालनमा रोक

काँक्रेविहार– कर्णाली राजमार्गअन्तर्गत कालीकोट तिलागुफा नगरपालिका–६ गोठिभिरमा सडक भत्किएपछि ठूला

सामाजिक सञ्जालमा अदालतको चर्चा, एमालेमा हर्कबढाइँ

काठमाडौँ – बुधबार राति अबेरसम्म सर्वोच्च अदालत परिसरमा मानिसहरुको चहल–पहल

डा. तिवारीलाई अदालतको अवहेलना मुद्दामा ७ दिनभित्र जवाफ दिन आदेश

काठमाडौं– नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारीलाई अदालत अवहेलनाको

पूर्वी पृतनामा पृतनापति ट्रफी सुरु

इटहरी– नेपाली सेनाको पूर्वी पृतनाको आयोजनामा आजदेखि यहाँ ‘पृतनापति ट्रफी

अफगानिस्तानको तालिवान शासनलाई रूसको औपचारिक मान्यता

काठमाडौं– रूसले अफगानिस्तानको तालिवान शासनलाई औपचारिक रूपले मान्यता दिएको छ