सेना दिवसमा महाशिवरात्रि बढाइँ र शिवताण्डव नृत्य (फोटोफिचर) | Khabarhub Khabarhub

सेना दिवसमा महाशिवरात्रि बढाइँ र शिवताण्डव नृत्य (फोटोफिचर)


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाले आज स्थानीय सैनिकमञ्च टुँडिखेलमा आकर्षक सैनिक कौशल प्रदर्शनसहित विविध कार्यक्रम गरी सेना दिवस मनाएको छ।

सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले समारोहमा सहभागी भई सबै क्रियाकलापको रुचिपूर्वक अवलोकन गरिन्। महाशिवरात्रिका दिन आज आयोजित समारोहमा उनलाई सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो। उनले सैनिक स्मारकमा पुष्पहारार्पण पनि गरेकी थिइन्।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटालगायत सरकारका मन्त्री, सचिव, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि एवं अन्य उच्चपदस्थ विशिष्ट व्यक्तिको सहभागिता थियो।

समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रिय झण्डा र ब्यानर प्रदर्शन तथा पुष्टवृष्टि गरिएको थियो। सेनाले महाशिवरात्रि बढाइँ तथा कवाज एवं हातहतियार तथा यन्त्र उपकरण प्रदर्शन गर्दै सातै प्रदेशका संस्कृति झल्कने नृत्य एवं झाँकीसमेत देखाएको थियो।

यस्तै आकर्षक सैनिक कला, खुकुरी ड्रिल र खोज उद्धार प्रदर्शनी पनि भएको थियो। सेनाले राष्ट्रिय गौरवका सडक निर्माण आयोजना, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण र विश्वशान्ति स्थापनामा सहभागितालगायत विविध गतिविधि झल्कने झाँकीसमेत प्रदर्शन गरेको थियो।

समारोहमा राष्ट्रपति भण्डारीले ‘नेपाल एकीकरणको इतिहास विसं १८०१–१८७२०’, नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलहरुको परिचय’ र ‘सिपाही वार्षिक २०७७’, पुस्तकसमेत विमोचन गरिन्। राष्ट्रपति भण्डारीले फ्रिफल जम्पका विजेता खेलाडीलाई पुरस्कार प्रदान गरेकी थिइन्। सैनिक कलाकारले देशभक्तिपूर्ण गीतमा नृत्य, साङ्गीतिक धून तथा शिवताण्डव नृत्य प्रस्तुत गरेका थिए।

नेपाली सेनाको वर्तमान साङ्गठनिकस्वरूप विसं १८१९ देखिको हो। संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८९ विसं २०१५ तिरदेखि आरम्भ भएको थियो। हालसम्म ४३ शान्ति स्थापना कार्यमा रही एक लाख ३५ हजारभन्दा बढी सैनिकले विश्वशान्तिमा योगदान पुर्‍याइसकेका छन्। विश्वका १२ शान्ति मिशनमा नेपालबाट ८७ महिला सैनिकसहित पाँच हजारभन्दा बढी शान्ति सैनिक सहभागी छन्।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ७ : ०३ बजे

जलेश्वरस्थित कारागारको पर्खाल भत्काएर ५७२ जना कैदी फरार

धनुषा – महोत्तरीको जलेश्वरस्थित कारागारको पर्खाल भत्काएर ५७२ जना कैदी

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा आक्रमण, पार्किङका गाडीमा आगजनी

काठमाडौँ – भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि प्रदर्शनकारीले आक्रमण गरेका

सार्वजनिक संरचनामा आन्दोलनकारीको आगलागी : सिंहदरबार जल्दै, अन्यत्र पनि नियन्त्रणमा आएन

काठमाडौँ – सार्वजनिक संरचनामा प्रदर्शनकारीले लगाएको आगो निभाउन सरकारी संयन्त्र

सेनाले किन साथ दिएन ओली सरकारलाई ?

काठमाडौं– जेन–जी पुस्ताका आन्दोलनकारीले सिंहदरबार, संसद भवन, राष्ट्रपति भवन, अदालत,

वीरगञ्ज महानगरमा अनिश्चितकालिन कर्फ्यू

वीरगञ्ज– जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा अनिश्चितकालिन कर्फ्यू