स्रोत नखुलेको ४२ लाख रुपैयाँसहित एक पक्राउ « Khabarhub

स्रोत नखुलेको ४२ लाख रुपैयाँसहित एक पक्राउ


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुर प्रहरीले स्रोत नखुलेको रु ४२ लाखसहित एक जनालाई आज पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त थिमिको टोलीले मध्यपुरथिमि–३ कौशल्टारस्थित अरनिको राजमार्ग सडकमा जाँचको क्रममा दोलखा घर भई हाल सूर्यविनायक नगरपालिका–३ बालकोट रोज भिलेज बस्ने सुमन घिमिरेको साथबाट रकम बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी वृत्त थिमिका अनुसार जाँचका क्रममा गाडीमा आइरहेका घिमिरेको साथबाट रु २७ लाख र निजको कोठा खानतलासी गर्दा थप रु १५ लाख बरामद भएको हो ।

प्रहरीले उक्त रकमको स्रोत खोज्दा बताउन नसकेपछि नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जनाएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा घिमिरेले उक्त रकम जुवातास खेलेर जितेको हुनसक्ने बताएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ९ : ४५ बजे

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल

अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत

सान फ्रान्सिस्को – भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सङ्घीय बालबालिकाको गोपनीयतासम्बन्धी