ओली सरकारले जनता झुक्याउने मात्र काम गर्‍यो : प्रकाशमान सिंह « Khabarhub

ओली सरकारले जनता झुक्याउने मात्र काम गर्‍यो : प्रकाशमान सिंह


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको सरकारले जनता झुक्याउने काम मात्र गरेको आरोप लगाएका छन् ।

आज नेपाल दलित संघले काठमाडौँमा आयोजना गरेको जिल्ला भेलामा नेता सिंहले असंवैधानिक कदम चालेका प्रधानमन्त्रीले संसद पुनर्स्थापना गरेपछि पनि संसदीय प्रक्रियालाई कमजोर पार्ने काम गरिरहेको बताए ।

नेता सिंहले संसद् विघटनको प्रयास सकारात्मक थियो भनेर संसदमा उभिएर स्पष्टीकरण दिन सिंहले चुनौतीसमेत दिए ।

विभिन्न बहानामा ओलीले संसद् छलेर संसद्को आवश्यकता छैन भन्दै हिँडेकोप्रति आपत्ति जनाउँदै नेता सिंहले संसदमा उपस्थित हुन आग्रह गरे ।

नेता सिंहले सरकार गठनका लागि कांग्रेसले प्रयास गरिरहेको पनि बताए । अब नयाँ सरकार गठन गरेर मुलुकलाई अहिलेको अवस्थाबाट निकास दिएर निष्पक्ष निर्वाचन गराइने उनले बताए ।

नेता सिंहले पार्टी महाधिवेशन गर्न क्रियाशील सदस्यता वितरण र नवीकरणका काम समयमै हुनुपर्ने बताए ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  १ : ४९ बजे

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको