ओली सरकारले जनता झुक्याउने मात्र काम गर्‍यो : प्रकाशमान सिंह | Khabarhub Khabarhub

ओली सरकारले जनता झुक्याउने मात्र काम गर्‍यो : प्रकाशमान सिंह


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको सरकारले जनता झुक्याउने काम मात्र गरेको आरोप लगाएका छन् ।

आज नेपाल दलित संघले काठमाडौँमा आयोजना गरेको जिल्ला भेलामा नेता सिंहले असंवैधानिक कदम चालेका प्रधानमन्त्रीले संसद पुनर्स्थापना गरेपछि पनि संसदीय प्रक्रियालाई कमजोर पार्ने काम गरिरहेको बताए ।

नेता सिंहले संसद् विघटनको प्रयास सकारात्मक थियो भनेर संसदमा उभिएर स्पष्टीकरण दिन सिंहले चुनौतीसमेत दिए ।

विभिन्न बहानामा ओलीले संसद् छलेर संसद्को आवश्यकता छैन भन्दै हिँडेकोप्रति आपत्ति जनाउँदै नेता सिंहले संसदमा उपस्थित हुन आग्रह गरे ।

नेता सिंहले सरकार गठनका लागि कांग्रेसले प्रयास गरिरहेको पनि बताए । अब नयाँ सरकार गठन गरेर मुलुकलाई अहिलेको अवस्थाबाट निकास दिएर निष्पक्ष निर्वाचन गराइने उनले बताए ।

नेता सिंहले पार्टी महाधिवेशन गर्न क्रियाशील सदस्यता वितरण र नवीकरणका काम समयमै हुनुपर्ने बताए ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  १ : ४९ बजे

पर्यटन मन्त्रालयको काम नियमित

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको काम नियमित सञ्चालनमा

महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त हुँदै

काठमाडौँ- वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्ता बन्ने भएकी छन् ।

सिजन मिडियाको अस्ट्रेलियामा प्रोफेशनल अचिभमेन्ट अवार्ड सम्पन्न

काठमाडौं– सिजन मिडियाले हिमाली कल्चरल ग्रुप र इभेन्ट्स नेपाल अस्ट्रेलियासँगको

रुसको लेनिनग्रादमा रेल दुर्घटना, एक जनाको मृत्यु

मस्को– रुसको लेनिनग्रादमा आइतबार बिहान दुईवटा रेल आपसमा ठोक्किएर भएको

राष्ट्रपतिबाट महान्यायाधिवक्ता बडालको राजीनामा स्वीकृत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता रमेश बडालको राजीनामा आइतबार स्वीकृत