टिकटक बनाउन कर्णाली पुलबाट हाम फाल्दा एक किशोर बेपत्ता | Khabarhub Khabarhub

टिकटक बनाउन कर्णाली पुलबाट हाम फाल्दा एक किशोर बेपत्ता


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली – कैलालीको कर्णाली पुलबाट टिकटक बनाउन तीन जनाले हाम फाल्दा एक जना बेपत्ता भएका छन् । शनिबार दिउँसो तीन जनाले नदीमा हाम फालेका थिए ।

ती मध्ये लम्कीचुहा नगरपालिका वडा नम्बर २ का १८ वर्षीय सञ्जय खड्का कर्णाली नदीमा बेपत्ता भएका हुन् ।
उनीसँगै नदीमा हाम फालेका लम्कीचुहा नगरपालिका वडा नम्बर १ का १८ वर्षीय लोकेश प्याकुरेल र १७ वर्षीय वीरेन्द्र सिंहलाई सकुशल उद्दार गरिएको छ ।

प्याकुरेल घाइते भएका छन् । उनको नेपालगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । उनीहरू तिनै जना कक्षा १० मा अध्यनरत छन् ।

टिकटक बनाउन भन्दै नदीमा हाम फालेको इलाका प्रहरी कार्यालय लम्कीमा प्रमुख प्रहरी निरीक्षक भरत शाहले जानकारी दिए । बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ३ : १० बजे

प्रमुख पदमा नेतृत्व गर्न सक्षम बन्दै महिला जनप्रतिनिधि

तानसेन– यहाँका महिला जनप्रतिनिधिले प्रमुख पदमा नेतृत्व लिन आफूहरू सक्षम

तुलसीको पात, जरा, डाँट र बीउ सबै औषधि

आज हरिशयनी एकादशी अर्थात् तुलसी रोप्ने दिन । हिन्दु धर्मावलम्बीहरूले

मानिससँग बस्ने जनावर व्यवस्थापन गरौँ

यस वर्ष जुलाई ६ मा (आज) विश्व जुनोसिस (पशुजन्य रोग)

चन्द्र भण्डारीले भने, ‘सरकार घाँस नकाट्ने गोठालो जस्तै भयो, कांग्रेसलाई ०८४ मा गाह्रो हुन्छ’

काठमाडौं— नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टी संगठन, सरकार

टिआईएलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेका छौँ : पर्यटनमन्त्री पाण्डे

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय