बिस्केट जात्राको दोस्रो दिन आज भैरव र भद्रकालीको रथमा पूजा (भिडियोसहित) | Khabarhub Khabarhub

बिस्केट जात्राको दोस्रो दिन आज भैरव र भद्रकालीको रथमा पूजा (भिडियोसहित)


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नयाँ वर्षको आगमनसँगै शुरू हुने तान्त्रिक महत्व बोकेको भक्तपुरको प्रसिद्ध ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको लिच्छवीकालीन बिस्केट जात्राको दोस्रो दिन भैरव र भद्रकालीको रथमा पूजाआजा गरिएको छ ।

स्थानीय भक्तजनहरूले बिहानैदेखि भैरव र भद्रकालीमा पूजाआजा गरेका हुन् । नयाँ वर्षको चारदिन अगाडिदेखि शुरू भई नयाँ वर्षको पाँच दिन पछिसम्म सञ्चालन हुने बिस्केट जात्रा भक्तपुरका बासिन्दाले आठ रात नौ दिनसम्म धुमधामका साथ मनाउने गर्दछन् ।

जात्रा अवधिभर प्रहरी प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । बिस्का जात्राको रथ तान्ने क्रममा गएराति भएको ढुङ्गा हानाहानमा १९ जना घाइतेको प्रहरीले जनाएको छ ।

जात्रामा तान्त्रिक विधिअनुरूप निर्माण गरिएको भैरवको रथ टौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र र तल्लो क्षेत्रका बासिन्दाले आआफ्नो क्षेत्रमा लैजाने तान्ने परम्परा छ ।

हेरौँ भिडियो

यसपछि, चैत्र मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो ठड्याउने र वैशाख १ गते साँझ लिङ्गो ढाल्ने गरिन्छ भने वैशाख १ गते भक्तपुरको भेलुखेलमा भव्य मेला लाग्ने गर्दछ ।

यसदिन जात्रा हेरेमा शत्रुनाश हुन्छन् भन्ने जनविश्वास छ । त्यसैले पनि यो जात्रालाई शत्रुहन्त जात्रा पनि भन्ने गरिन्छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ४ : १२ बजे

राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन

काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालय र नेपाली सेनाको सैनिक

वर्षा नभएपछि महोत्तरीमा रोपाइँ प्रभावित, किसानलाई खडेरीको चिन्ता

महोत्तरी– समयमा वर्षा नभएपछि मुख्यबाली धान लगाउन नपाएको भन्दै यहाँका

कांग्रेसमा मधु आचार्यको १० बुँदे सुझाव : एमालेसँग सहयात्राको समीक्षा गरौँ, पार्टी कमिटीको कार्यकाल तीन वर्षे बनाऊँ

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले जारी केन्द्रीय कार्यसमिति

इयू–चीन व्यापार द्वन्द्व : चीनद्वारा प्रतिशोधात्मक प्रतिबन्धको घोषणा

बेइजिङ– युरोपेली सङ्घ (इयू) ले चिनियाँ कम्पनीहरूलाई प्रमुख चिकित्सा उपकरण

प्रमुख प्रतिपक्षीसहित छ दलको अवरोधपछि मधेस प्रदेशसभा बैठक स्थगित

जनकपुरधाम– विपक्षी दलहरूको अवरोधपछि मधेस प्रदेशसभा बैठक स्थगित भएको छ