नागार्जुनको डढेलो निभाउन हेलिकोप्टर प्रयोग « Khabarhub

नागार्जुनको डढेलो निभाउन हेलिकोप्टर प्रयोग


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शिवपुरी – नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणका लागि हेलिकप्टरबाट पानी खसालिएको छ ।

बिहानदेखि लागेको भीषण डढेलो नियन्त्रणका लागि सिम्रिक एयरको हेलिकप्टरबाट पानी खसालिएको हो ।

यसका साथै आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकलसमेत परिचालन गरिएको छ ।

तर, डढेलो नियन्त्रणमा नआएपछि हेलिकप्टरको प्रयोग गरिएको महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी दिए ।

राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलका अनुसार हेलिकोप्टरमा पानी भर्नका लागि होटल सब्रिनाको स्वीमिङ पुल र मेलम्ची खानेपानी आयोजनाको पानी प्रयोग गरिएको छ ।

बूढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलका अनुसार हेलिकोप्टरले एक पटकमा ५ सय लिटर पानी बोक्न मिल्छ । ‘दुई/तीन वटा हेलिकोप्टर छ, पालैपिलो पानी हालिरहेको छ’, उनले भने, ‘दमकलले भेट्ने ठाउँबाहेकका क्षेत्रमा हेलिकोप्टरबाट पानी हालिएको हो ।’

खरेलका अनुसार डढेलो वस्ती छेऊमा आउन लागेकाले त्यसक्षेत्रमा दमकल राखिएको छ ।

माथिल्लो जंगली भेगमा लागेको डढेलो नियन्त्रणमा आउन लागे पनि अहिले डढेलो फेंदतिर रहेका बस्तीतिर सर्दै छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ५ : ११ बजे

कांग्रेस सहमहामन्त्री खस–आर्यतर्फ मनोजमणि आचार्यको अग्रता

काठमाडौं– नेपाली कांग्रेसको सहमहामन्त्री खस–आर्यतर्फको मतगणनामा मनोजमणि आचार्यले अग्रता लिएका

भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत

 काठमाडौँ –  सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र

बुढीगण्डकी बाढीपीडितले तीन दिनपछि पाए २८ वटा टेन्ट (तस्बिरहरू)

काठमाडौँ– बुढीगण्डकी बाढीले प्रभावित गोरखाको आरुघाट शान्तिबजारका स्थानीयका लागि रेडक्रसले

भृकुटीमण्डपको बजारमा किनमेल गर्नेको भीडभाड (तस्बिरहरू)

काठमाडौं– दसैँ-तिहारको आगमनसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खुल्ला  बजारमा किनमेल गर्नेहरूको चहलपहल

पाँच देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न पाँच मुलुकका राजदूतले आ–आफ्नो ओहोदाको