प्रदेश २ मा नेपाल पक्षले महतोलाई बनायो संसदीय दलको नेता, मण्डल हटाइए « Khabarhub

प्रदेश २ मा नेपाल पक्षले महतोलाई बनायो संसदीय दलको नेता, मण्डल हटाइए


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – नेकपा एमालेको माधव नेपाल पक्षले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई पदबाट हटाएको छ । उनको स्थानमा शत्रुधन महतोलाई चयन गरेको छ ।

आइतबार जनकपुरस्थित प्रदेशसभा परिसरमा रहेको संसदीय दलको कार्यालयमा बैठक बसेर नेपाल पक्षका सांसदहरूले मण्डललाई हटाएर महतोलाई नेता चयन गरेका हुन् । मण्डल एमालेको संस्थापन पक्षका हुन् ।

यस्तै, बैठकले रवीन्द्र बैठालाई उपनेता, सुन्दर विश्वकर्मालाई प्रमुख सचेतक र बेची लुङ्गेलीलाई सचेतकमा चयन गरेको छ ।

६ महिनापछि भोलि बस्न लागेको प्रदेशसभा बैठकअघि नेपाल पक्षले संसदीय दलका नेता, उपनेता, प्रमुख सचेतक र सचेतक चयन गरेको हो ।

प्रदेश २ मा नेकपा एमालेका २१ सांसद छन् । जसमध्ये १३ सांसद नेपाल पक्षमा लागेका छन् ।

त्यस्तै, महतोलाई संसदीय दलका नेता चयन गरिएको पत्र सभामुख सरोज कुमार यादवलाई बुझाएको सांसद प्रमोद यादवले जानकारी दिए । उनका अनुसार भोलिको प्रदेशसभा बैठकमा नेकपा एमालेको संसदीय दलका नेताको भूमिका महतोले निर्वाह गर्ने छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ५ : ४१ बजे

कांग्रेस सहमहामन्त्री खस–आर्यतर्फ मनोजमणि आचार्यको अग्रता

काठमाडौं– नेपाली कांग्रेसको सहमहामन्त्री खस–आर्यतर्फको मतगणनामा मनोजमणि आचार्यले अग्रता लिएका

भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत

 काठमाडौँ –  सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र

बुढीगण्डकी बाढीपीडितले तीन दिनपछि पाए २८ वटा टेन्ट (तस्बिरहरू)

काठमाडौँ– बुढीगण्डकी बाढीले प्रभावित गोरखाको आरुघाट शान्तिबजारका स्थानीयका लागि रेडक्रसले

भृकुटीमण्डपको बजारमा किनमेल गर्नेको भीडभाड (तस्बिरहरू)

काठमाडौं– दसैँ-तिहारको आगमनसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खुल्ला  बजारमा किनमेल गर्नेहरूको चहलपहल

पाँच देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न पाँच मुलुकका राजदूतले आ–आफ्नो ओहोदाको