यसरी मनाइयो टुँडिखेलमा घोडेजात्रा (भिडियोसहित) « Khabarhub

यसरी मनाइयो टुँडिखेलमा घोडेजात्रा (भिडियोसहित)


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विभिन्न कार्यक्रम गरी आज घोडेजात्रा पर्व मनाइएको छ । प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्वका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा नेपाली सेनाले विभिन्न कला–कौशल प्रस्तुत गर्‍यो ।

हेरौँ भिडियो

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी लगायत सरकारका विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो । उपत्यकामा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेकाले सुरक्षाको लागि सीमित पाहुना र कम सहभागी गराइ कार्यक्रम गरिएको नेपाली सेनाले जनाएको छ ।

टुँडिखेलमा उपस्थित प्रमुख अतिथि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्टपति नन्दवहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो ।

यसै कारण प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ ।

घोडचडीमा विभिन्न वाधाहरु सकुसल पार गरेपछि खुसी हुँदै सैनिक ।

आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । गत वर्ष कोरोना महामारीका कारण बन्दाबन्दी जारी गरिएकै दिन घोडेजात्रा परेकाले कार्यक्रम स्थगित गरिएको थियो ।

कुकुरको सहायताले विभिन्न कला प्रस्तुत गर्दै सैनिक ।
घोडचडी विभिन्न कला प्रस्तुत गर्दै सैनिकहरू ।
घोडचडी सैनिकहरु सलामी अर्पण गर्दै ।
घोडचडी विभिन्न कला प्रस्तुत गर्दै सैनिक ।
घोडचडी विभिन्न कला प्रस्तुत गर्दै सैनिक ।
घोडचडी विभिन्न कला प्रस्तुत गर्दै सैनिकहरु ।
घोडचडी विभिन्न कला प्रस्तुत गर्दै सैनिक ।
घोडचडी विभिन्न कला प्रस्तुत गर्दै सैनिकहरु ।

 

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ६ : ३७ बजे

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको