अबको निर्वाचनमा कांग्रेस एक ढिक्का हुनुपर्छ : महामन्त्री कोइराला | Khabarhub Khabarhub

अबको निर्वाचनमा कांग्रेस एक ढिक्का हुनुपर्छ : महामन्त्री कोइराला


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले अबको निर्वाचनमा नेपाली कांग्रेस एक ढिक्का भएर लाग्नुको विकल्प नभएको बताएका छन् ।

नेपाली कांग्रेस रत्ननगर नगरसमितिले आज रत्ननगरमा आयोजना गरेको कार्यक्रममा उहाँले कांग्रेसका नेता कार्यकर्ता इमान्दार भएर लाग्नुपर्ने समय आएको बताएका हुन् ।

उनले भने, “आआफ्नो स्थानबाट इमानदार भएर लाग्ने हो भने देशमा कांग्रेस छाउने छ ।”

अहिले कांग्रेस एक हुन नसक्दा समस्या भएको उहाँको भनाइ थियो । अर्को एक प्रसङ्गमा नेपाल कृषि प्रधान देश भएकाले कांग्रेसले आफ्नो सरकार बनाएर अब युवा लक्षित कृषि कार्यमा जोड दिने समय आएको बताए ।

उनले भने, “बिपीको पालामा ३० प्रतिशत बजेट कृषि क्षेत्रमा लगानी भएको थियो ।”

कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले वडा तहदेखि नै सबैले मन भित्रको तिक्तता हटाएर पार्टी बलियो बनाएर जानुपर्ने बताए ।

 

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  १० : ५९ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको