मुख्यमन्त्री राईले गरे अग्नि पीडितलाई सहयोग « Khabarhub

मुख्यमन्त्री राईले गरे अग्नि पीडितलाई सहयोग


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर – प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले भोजपुरका अग्नि पीडितलाई राहत वितरण गरेका छन् । मुख्यमन्त्री राईले हतुवागढी गाउँपालिका वडा–८ पात्लेपानी खुकैलाका आगलागी पीडितलाईे आर्थिकसहित अन्य आवश्यक सामग्री सहयोग गरेका हुन् ।

मुख्यमन्त्री राईले आगलागी पीडितलाई प्रतिपरिवार ५० हजार नगद, टेन्ट, कपडा र आवश्यक खाद्यान्न सामग्री उपलब्ध गराएका छन् ।

सुख्खा मौसमका कारण सामुदायिक वनमा लागेको डढेलो हावाले उडाएर बस्तीमा ल्याउँदा आगलागी भएको थियो ।

आगलागीबाट हतुवागढी गाउँपालिका–८ का अर्जुन, कञ्चन, भीमबहादुर र शान्तकुमारीको घर तथा कालिबहादुर राईको गोठ जलेर पूर्णरुपमा नष्ट भएको थियो । आगलागीबाट करिब रु ३१ लाख बराबरको क्षति भएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ७ : ४९ बजे

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली