नवलपुरमा १४ को पीसीआर परीक्षण गर्दा तीन जनामा कोरोना पुष्टि  « Khabarhub

नवलपुरमा १४ को पीसीआर परीक्षण गर्दा तीन जनामा कोरोना पुष्टि 


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर–कोरोना संक्रमणको दोस्रो लहर नेपालमा पनि देखापरेको भन्दै सतर्कता अपनाउन सरकारले आग्रह गरिरहेका बेला पूर्वी नवलपरासीको कावासोतीमा पनि नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर शुरु भएको भन्दै जिल्लावासीमा पुनः त्रासदी थपिएको छ ।

कावासोती नगरपालिका १६ डण्डास्थित मध्यबिन्दु जिल्ला अस्पतालमा आज तीन जना कोरोना संक्रमित फेला परेका हुन् ।

आज नवलपरासीपूर्वका १४ जनाको पीसीआर परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको मध्यबिन्दु जिल्ला अस्पतालका जनस्वास्थ्य अधिकृत एवम् सूचना अधिकारी छबिलाल सुवेदीले बताए ।

आज संक्रमण पुष्टि हुनेमा कावासोती नगरपालिका १६ का ४१ वर्षीया महिला, देवचुली नगरपालिका २ का २६ वर्षीय पुरुष र गैडाकोट नगरपालिका १ का ३४ वर्षीय पुरुष रहेका छन् ।

संक्रमित मध्ये एक जनालाई सोही अस्पतालाको आइसोलेशनमा राखिएको छ भने २ जना होम आइसोलेशनमा रहेको जनस्वास्थ्य अधिकृत सुवेदीले बताए ।

नवलपुरमा गत फागुन २ गतेबाट पीसीआर परीक्षण गर्न शुरु गरिएको हो ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  १० : ४५ बजे

कांग्रेसको प्रदेश सम्मेलन तालिका सार्वजनिक

काठमाडौं– नेपाली कांग्रेसले देशभर प्रदेशस्तरीय सम्मेलन आयोजना गर्ने तालिका सार्वजनिक

ग्लोबल आइएमई बैंकले दोस्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन

खेल क्षेत्रमा चुनौती-अवसर दुवै छ, काम गरेर देखाउनुपर्छ : मन्त्री पोखरेल

काठमाडौं– युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुदप्रति युवालाई आकर्षित गर्नुपर्नेमा

प्रधानमन्त्रीको अफिसियल फोटोमा पनि कालो चस्मा

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको अफिसियल्ली फोटो सार्वजनिक गरिएको छ ।

मध्य इरानमा सैन्य स्थलमा आक्रमण

तेहरान– मध्य इरानको इस्फहान प्रान्तमा केही सैन्य स्थलमा आक्रमण हुँदा