भारतले फेरि लगायो रेमडेसिभिरको निर्यातमा रोक « Khabarhub

भारतले फेरि लगायो रेमडेसिभिरको निर्यातमा रोक


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या फेरि बढ्न थालेसँगै भारत सरकारले रेमडेसिभिर औषधिको निर्यातमा रोक लगाएको छ ।

कोरोना संक्रमित बिरामीको उपचारमा प्रयोग गरिने रेमडेसिभिर औषधिको निर्यातमा रोक लगाइएको समाचार संस्था पीटीआईले जनाएको छ । कोरोना संक्रमितमाथि रेमडेसिभरको औषधि आपतकालीन प्रयोग गर्ने गरिएको छ ।

यसका साथै रेमडेसिभिर भएका एन्टिभाइरल इन्जेक्शन र यसको एक्टिभ फर्मास्युटिकल इन्ग्रिडिएट्स (एपीआई) को निर्यातमा पनि रोक लगाएको पीटीआईले जनाएको छ ।

कोरोना संक्रमण बढ्दै जाँदा उपचारका लागि आवश्यक औषधिको माग पनि बढेको छ । ११ अप्रिल (सोमबार) सम्ममा ११ लाख ८ हजार संक्रमित छन् र यो संख्या निरन्तर बढिरहेको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले औषधि निर्माता कम्पनीलाई आफ्नो वेबसाइटमा उक्त औषधिको मौजुदा भण्डारण तथा वितरणको जानकारी सार्वजनिक गर्न निर्देशन दिएको छ ।

साथै, नियमनकारी निकायलाई उक्त औषधिको भण्डारणको जाँच गर्न तथा कालोबजारी हुन नदिन कारबाही प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय भारतमा एक्कासी कोरोना संक्रमणको दर तीव्र गतिमा फैलिन थालेको छ । अमेरिकाको गिलिएड साइन्सेजसँगको सम्झौताअनुसार भारतमा सात वटा कम्पनीले रेमडेसिभिर औषधि उत्पादन गर्दै आएका छन् ।

गत वर्ष पनि भारतले यही समयमा रेमडेसिभिरको निर्यातमा रोक लगाएको थियो । नेपालमा मुख्यगरी भारतबाटै रेमडेसिभिर आयात हुँदै आएको छ । भारतले नै निर्यातमा रोक लगाएपछि नेपालमा त्यसको मूल्य आकासिन पुगेको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ८ : ४२ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको