एक प्रेरक प्रसङ्ग ‘फरक सोचाइ’ « Khabarhub

एक प्रेरक प्रसङ्ग ‘फरक सोचाइ’


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकाका पूर्वराष्ट्रपति फ्रेङ्कलिन डेलानो रुजवेल्टको अरुलाई स्नेह तथा सौहार्दता प्रकट गर्ने आफ्नै प्रकारको शैली थियो । उनको त्यो शैली उनैका सचिवलाइ पनि थाहा थिएन ।

जब उनका सचिवले कुनै चिठी–पत्र टाइप गरेर राष्ट्रपतिको दस्तखत गराउन लान्थे तब राष्ट्रपति ती चिठीमा केही न केही संशोधन गराउन लान्थे तब राष्ट्रपति ती चिठीमा केही न केही संधोन गरेर आफ्नै हातले लेखिदिन्थे ।

एक पटक होइन, दुई पटक होइन, सधैँ टाइप गरेको चिठीमा कोरेर हातले लेख्दा फोहोर देखिन्छ भन्ने बोध हाम्रा राष्ट्रपतिमा छैन क्यारे भन्ठानेर एक दिन राष्ट्रपतिले लेखेर सही गरिसकेको चिठीलाई सचिवले फेरि टाइप गरेर दस्तखत गराउन लगे ।

सचिवले पहिलेकै चिठीलाई दस्तखत गराउन ल्याएको देखेर राष्ट्रपति रुजवेल्ट हैरान भए । तैपनि केही नबोली त्यस चिठीमा केही संशोधन गरेर आफैले केही थपी फेरि दस्तखत गरिदिए ।

राष्ट्रपतिको त्यस्तो चाला देखेर सचिवले बाध्य भएर नसोधी चित्तै बुझेन— हजुरलाई जे जे लेखाउनु छ, त्यो पहिले नै भनिदिनु भए म त्यहीअनुसार लेखिहाल्छु नि । लेखिसकेको चिठीमा काटकुट गरेर हातले थप्दा तपाईंलाई चिठी फोहोर देखिन्छ भन्ने लाग्दैन ?

सचिवको जिज्ञासा सुनेर राष्ट्रपतिले मुस्कुराउँदै भने—पटक्कै फोहोर तथा भद्दा  लाग्दैन । मेरो विचारमा यो तिम्रो सोचाइको भुल हो । मैले दस्तखत गरेको चिठीमा मेरै हातले संशोधन गरेर केही शब्द कोरिदिँदा चिठीको शोभा अरु बढ्छ ।

मेरै हातले केही शब्द लेखेको चिठी पाउँदा चिठी पाउने व्यक्ति यो चिठी औपचारिक मात्र नभई राष्ट्रपतिले विशेष ध्यान दिएर मेरै लागि लेखेको हो भनेर त्यसप्रति विशेष स्नेह र ख्याल राख्छ । साथै चिठी पाउने व्यक्तिमा मेरो सौहार्दता र मप्रति उसको स्नेह अझ प्रगाढ बन्छ । त्यसैले अबदेखि मेरो दस्तखत भइसकेको चिठी सच्याउने काम नगर्नू ।’

साभार  : मेरो डाक्टर पुस्तकबाट

 

 

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ४ : २० बजे

दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द

एजेन्सी– संयुक्त राज्य अमेरिकाले आगामी महिनाका लागि निर्धारित जमिन र

बागमतीका मुख्यमन्त्री थापालाई चौतर्फी संकट : राप्रपापछि नेकपामा किचलो, कांग्रेसको चेतावनीले अर्को तनाव

काठमाडौं- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत

उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले उदयपुर र चितवनबाट तीन

टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित

काठमाडौं– अस्ट्रेलियामा भएको टप एन्ड टी–२० सिरिजमा नेपाल ए टोलीले

मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्तिविरुद्ध परेको रिटमा अदालतले