‘आफूसँग जे जति छ त्यसैमा रमाऔँ’ बुद्धको एक प्रेरक प्रसङ्ग « Khabarhub

‘आफूसँग जे जति छ त्यसैमा रमाऔँ’ बुद्धको एक प्रेरक प्रसङ्ग


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुद्धले प्रवचन दिए । सबै जना मन्त्रमुग्ध भए । प्रवचन सकिएपछि बुद्ध आँखा बन्द गरेर बसिरहेका थिए ।

आनन्दले बुद्धसँग सोधे— भगवान् ! तपाईंको अगाडि बसिरहेका मानिसमध्ये सबैभन्दा धेरै सुखी को छ ?

बुद्धले जवाफ दिए— सबैभन्दा पछाडि जुन सोझा गाउँले व्यक्ति आफ्नो आँखा बन्द गरेर बसिरहेका छन्, उनी सबैभन्दा धेरै सुखी छन् ।

यस्तो सुनेर सबै अचम्ममा परे ।

बुद्धले भने— आऊ मेरो पछाडि । म तिमीलाई यसको प्रमाण दिन्छु ।

उनले एक एक गरेर सबैलाई सोधे— तिमीलाई के चाहिन्छ ?

कसैले मलाई छोरा चाहिन्छ भने । कसैले सम्पत्ति र कसैले शान्ति चाहिन्छ भने । सबैभन्दा पछाडि बसेका गाउँले व्यक्तिले जवाफ दिए— भगवान् ! म पूर्णरुपमा सन्तुष्ट छु । मलाई केही पनि चाहिँदैन । मसँग जति छ त्यतिबाट सन्तोष मिलिरहोस् भनेर आशीर्वाद दिनुहोस् ।

आनन्दले भगवान् बुद्धको आँखामा हेरिरहे ।

साभार  : महान् व्यक्तिका प्रेरक प्रसङ्गहरुकिताबबाट

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ४ : ४५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु