नयाँ सरकार गठनमा संलग्न नहुने जसपा अध्यक्ष ठाकुरको अडान, महतो मौन « Khabarhub

नयाँ सरकार गठनमा संलग्न नहुने जसपा अध्यक्ष ठाकुरको अडान, महतो मौन


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने नदिने भन्नेमा विभाजित देखिएको जनता समाजवादी पार्टी नयाँ सरकार गठनमा पनि विभाजित देखिएको छ ।

एमाले अध्यक्षसमेत रहेका ओली सदनमा विश्वासको मत लिन असफल भएसँगै नयाँ सरकार गठनको प्रकिया अघि बढाउन कांग्रेस-माओवादी र जसपका अध्यक्ष उप्रेन्द्र यादवले सोमबार साँझ संयुक्त विज्ञप्ति जारी गरे । त्यसको केही घण्टा नवित्दै सोमबार मध्यराति जसपाकै अर्का अध्यक्ष महन्थ ठाकुरले यादवलाई चुनौती दिँदै नयाँ सरकार गठनमा सहभागी नहुने विज्ञप्ति जारी गरेका छन् ।

ओली सरकार विश्वासको मत लिन असफल भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) अनुसार बहुमतको सरकार बनाउन दलहरूलाई सोमबारै राति आह्वान गरिसकेकी छन्।

दुई वा दुईभन्दा बढी दल मिलेर अब यही वैशाख ३० गतेभित्र बहुमत पुर्‍याई नयाँ सरकार गठन गर्नुपर्ने राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्न अघि कांग्रेस र माओवादी केन्द्रसँगै संयुक्त विज्ञप्तिमार्फत सरकार गठनको प्रकिया अघि बढाउन दबाब दिएका यादवको उक्त कदमको ठाकुरले विरोध गरेका छन् ।

संसदमा जसपाकै संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षका सांसदले ओलीविरुद्ध मत हाले पनि अध्यक्ष ठाकुर पक्षका सांसद भने तटस्थ बसेका थिए ।

आफ्ना पार्टीले उठाएका मुद्दाबारे उनीसँग भएका वार्ता सकारात्मक तथा कार्यप्रगतिसमेत भइरहेकाले आफू अर्को सरकारका पक्षमा नरहेको ठाकुरले उल्लेख गरेका छन् ।

‘जसपा नेपाल सत्ता प्राप्तिभन्दा एजेन्डा सम्बोधनमा केन्द्रित रहेको र मुद्दा सम्बोधन नै जसपा नेपालको मूल ध्येय रहेको अवस्थामा मुद्दाबाट विचलित भई सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्यविपरीत हो’, ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘मधेश आन्दोलन र भावनाको प्रतिकूल हो भन्ने हाम्रो ठहर छ । त्यस्तो कार्यबाट झन् अस्थिरता हुने तथा एजेन्डा सम्बोधनको कार्य अझै अनिश्चिततातर्फ धकेलिने निश्चितप्रायः छ।’

ठाकुरले विज्ञप्तिमार्फत नयाँ सरकारमा नलाग्ने उद्घोष गरेपनि जसपाकै वरिष्ठ नेता राजेन्द्र महतो भने यो विषयमा मौन छन् । तथापि केही दिनअघि देउवा निवासमा ठाकुरसँगै उनी पनि गएकाले उनको पनि यसमा समर्थन रहेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ६ : ५६ बजे

बागमतीका मुख्यमन्त्री थापालाई चौतर्फी संकट : राप्रपापछि नेकपामा किचलो, कांग्रेसको चेतावनीले अर्को तनाव

काठमाडौं- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत

उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले उदयपुर र चितवनबाट तीन

टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित

काठमाडौं– अस्ट्रेलियामा भएको टप एन्ड टी–२० सिरिजमा नेपाल ए टोलीले

मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्तिविरुद्ध परेको रिटमा अदालतले

सङ्क्रामक पशु रोग नियन्त्रण गर्न विधेयकको मस्यौदा तयार

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सङ्क्रामक पशु रोग