देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना « Khabarhub

देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ्गसहित वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशका भू-भागहरुमा सामान्य बदली रहेको तथा बाँकी भू-भागहरुमा आंशिक वदलीको अवस्था रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका अधिकांश भू-भागहरुमा सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बुधबार भारी वर्षाको सम्भावना रहेको तथा बिहीबार मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

वैशाख २८ गते (मंगलबार)

दिउँसो:  देशका अधिकांश भू-भागहरुमा सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति : देशका अधिकांश भू-भागहरुमा सामान्य बदली रही देशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र प्रदेश नं २ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

वैशाख २९ गते (बुधबार)

दिउँसो:  देशको पहाडी भू-भागहरुमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशका अधिकांश भू-भागहरुमा सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम  वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, वाग्मति प्रदेशका तराईका भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

वैशाख ३० गते (बिहीबार)

दिउँसो:  देशभर सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति : देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य र बाँकी भू-भागहरुमा आंशिक बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ७ : ५५ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै