ट्रेन्डिङमा ‘रेलको बाटो’ « Khabarhub

ट्रेन्डिङमा ‘रेलको बाटो’


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका स्मृति शाहीको स्वरमा रहेको ‘रेलको बाटो’ सार्वजनिक भएको छ । गीत सार्वजनिक भएसँगै यसले लोकप्रियता पाइरहेको छ । यो समाचार तयार पार्दासम्म गीत ट्रेन्डिङको २० औं नम्बरमा छ ।

यसअघि मेल भर्सन सुरज पण्डितको स्वरमा थियो । कर्णाली प्रदेशको विकट हुम्ला जिल्लाको परिवेशमा तयार पारिएको गीतमा लेखराज गिरीको शब्द र सुरज पण्डितकै संगीत छ ।

गीतमा सहरमा रेल आउने चर्चा चलिरहँदा हुम्लामा भने मोटरबाटो पुग्ने आशामा रहेका जनताको भावना समेटिएको छ । गीतको मेल भर्सनमा डोल्पाको समस्या देखाइएको थियो ।

भिडियोमा जिबी चिरन(चिरञ्जीवी सापकोटा), सरस्वती खत्री र लक्ष्मण देवकोटा फिचर्ड छन् ।

लक्ष्मण सुनारको निर्देशन रहेको भिडियोमा मिलन विश्वकर्माको कलर, रवीन्द्र सुवेदीको सब टाइटल, पदम सुवेदीको सम्पादन, भीमसेन कल्याल ठकुरीको छायांकन छ ।

भिडियो आहा टिभीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । भिडियो तीन लाख ७० हजार बढी दर्शकले हेरिसकेका छन् भने दुई हजार बढी प्रतिक्रिया आएका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ९ : ३९ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा