ट्रेन्डिङमा ‘रेलको बाटो’ « Khabarhub

ट्रेन्डिङमा ‘रेलको बाटो’


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका स्मृति शाहीको स्वरमा रहेको ‘रेलको बाटो’ सार्वजनिक भएको छ । गीत सार्वजनिक भएसँगै यसले लोकप्रियता पाइरहेको छ । यो समाचार तयार पार्दासम्म गीत ट्रेन्डिङको २० औं नम्बरमा छ ।

यसअघि मेल भर्सन सुरज पण्डितको स्वरमा थियो । कर्णाली प्रदेशको विकट हुम्ला जिल्लाको परिवेशमा तयार पारिएको गीतमा लेखराज गिरीको शब्द र सुरज पण्डितकै संगीत छ ।

गीतमा सहरमा रेल आउने चर्चा चलिरहँदा हुम्लामा भने मोटरबाटो पुग्ने आशामा रहेका जनताको भावना समेटिएको छ । गीतको मेल भर्सनमा डोल्पाको समस्या देखाइएको थियो ।

भिडियोमा जिबी चिरन(चिरञ्जीवी सापकोटा), सरस्वती खत्री र लक्ष्मण देवकोटा फिचर्ड छन् ।

लक्ष्मण सुनारको निर्देशन रहेको भिडियोमा मिलन विश्वकर्माको कलर, रवीन्द्र सुवेदीको सब टाइटल, पदम सुवेदीको सम्पादन, भीमसेन कल्याल ठकुरीको छायांकन छ ।

भिडियो आहा टिभीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । भिडियो तीन लाख ७० हजार बढी दर्शकले हेरिसकेका छन् भने दुई हजार बढी प्रतिक्रिया आएका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ९ : ३९ बजे

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड