देउवाले डाके तीन दलको बैठक, नयाँ सरकार गठनबारे छलफल हुने « Khabarhub

देउवाले डाके तीन दलको बैठक, नयाँ सरकार गठनबारे छलफल हुने


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक डाकेका छन् ।

नयाँ सरकारको सम्भावित गठबन्धन समेत ठानिएका दुई दल, माओवादी केन्द्र र जसपाका नेतालाई देउवाले आफ्नै निवास बुढानिलकण्ठमा दिउँसो २ बजे छलफलका लागि बोलाएका हुन् । बैठकमा नयाँ सरकार बनाउनबारे छलफल हुने कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको नयाँ सरकार गठनका लागि वैशाख ३० सम्मको समयसीमा दिएपछि तीन दल छलफलमा जुट्न लागेका हुन् ।

कांग्रेस, माओवादी केन्द्र र जसपाको एउटा खेमा नयाँ सरकार गठनका लागि अग्रसर भए पनि जसपाको महन्थ ठाकुर समूहले साथ नदिएसम्म सरकार बन्ने सम्भावना छैन ।

ठाकुरले नयाँ सरकार बनाउने कसरतमा नलाग्ने घोषणासमेत गरिसकेका छन् । ओलीले विश्वासको मत लिँदा जसपाका १५ सांसदले कतै पनि मत नहाली तटस्थ बसेका थिए ।

तर, नेकपा एमालेका माधव कुमार नेपाल पक्षका सांसदले राजीनामा गरेको खण्डमा जसपाको ठाकुर पक्षबिना पनि बहुमतको सरकार बन्ने सम्भावना देखिन्छ । एमालेको नेपाल पक्षका १८ सांसदले राजीनामा दिएको अवस्थामा सांसदको कायम संख्या २५३ हुन पुग्दछ। कांग्रेस ६१,माओवादी केन्द्र ४८ (सभामुख बाहेक), जसपा १६, जनमोर्चा र स्वतन्त्र १/१ गर्दा १२७ मतले बहुमत पुग्दछ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ९ : ४४ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर