मन शान्त बनाउन वास्तुका तीन टिप्स « Khabarhub

मन शान्त बनाउन वास्तुका तीन टिप्स


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एनर्जी अर्थात ऊर्जा दुई प्रकारको हुने गर्दछ – सकारात्मक र नकारात्मक । यसले व्यक्ति होस् वा भवन दुबैमा नाम अनुसारको प्रभाव पार्दछ । घरमा सकारात्मक उर्जा सञ्चार भए घरमा सुख–शान्ति र समृद्धि आउने मान्यता छ भने नकारात्मक ऊर्जा प्रवेश भए लगातार समस्याहरु आउने मान्यता छ ।

नकारात्मक ऊर्जा भनेको भूत–प्रेत होइन घरमा वास्तु दोष हो । जसले घरमा झगडा निम्याउने, खुशी भंग हुने र धनको अभाव हुने गर्दछ । जसको समाधानको पहल नभएमा समस्या झन् झन् बढ्दै जान्छ । यसकालागि निम्न केहि उपाय उपयोगी हुने गर्दछ ।

१. घरको मुख्यद्वार जहाँबाट घर प्रवेश गरिन्छ त्यो सधै सफा हुनु पर्दछ । साथै त्यो भन्दा बाहिर र भित्र पनि सफा भएमा नकारात्मक ऊर्जा घरमा प्रवेश गर्न पाउँदैन ।

२. बिहीबार बाहेक अन्य दिनमा घर पुछ्दा पानीमा नुन हालेर पुछेमा घरको नकारात्मक ऊर्जा नष्ट हुने वास्तुको मान्यता छ ।

३. घर भित्र पूजापाठ गर्दा पनि नकारात्मक ऊर्जा नष्ट हुने गर्दछ । यस क्रममा हरेक साँझ बिहान दियो बालेमा र शुभ तिथिमा सत्यनारायणको कथा पाठ गरेमा पनि लाभ मिल्दछ ।

 

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ९ : ४४ बजे

नेपाली सेनाको हरिहरपुरगढी–सिन्धुलीगढी पदयात्रा समापन

सिन्धुलीगढी– नेपाली सेनाको मध्यपूर्वी पृतनाले सिन्धुलीको हरिहरपुरगढीदेखि सिन्धुलीगढीसम्म सञ्चालन गरेको

कुलमानको स्पष्टीकरण : मन्त्री बन्दा नै राजनीतिमा जान्छु भनेको थिएँ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलनपछिको सरकारमा

बालेनको चुनावी दौडाहा : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

तेह्रथुम– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले तेह्रथुमस्थित

ओलीलाई पाण्डेको जवाफ : ‘नेतृत्वका अभिव्यक्तिले कार्यकर्ताको मनोबल घटाउँदैछ’

काठमाडौं– नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर– प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर मारिएका कञ्चनपुरका विपिन