आर्थिक संकटमा अभिनेत्री श्रुति « Khabarhub

आर्थिक संकटमा अभिनेत्री श्रुति


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–कोरोना भाइरसको कहरले भारतलाई पुरै हल्लाएको छ । यो महामारीले मानिसहरु मरेका मात्र छैनन्, धेरै मानिसहरु आर्थिक संकटमा पनि परेका छन् ।

यो समस्याबाट बलिउडका कलाकारहरु अछुतो छैनन् । दैनिक जागरणका अनुसार दक्षिण भारतीय फिल्मका दिग्गज अभिनेता कमल हासनकी छोरी श्रुति महामारीको समयमा पनि आफ्नो आवश्यकता पुरा गर्न काम गरिरहेकी छन् ।

‘मेरो आर्थिक अवस्था ठीक नभएका कारण यो महामारीका बीच सुटिङको लागि तयारी अवस्थामा छु । म घरमा लुकेर महामारीको समाप्तीको समय पर्खन सक्दिनँ । त्यसकारण म काममा फर्किन चाहन्छु’, उनले भनेकी छन् ।

श्रुतिले कोरोना महामारी आउनु अघि आफ्ना लागि घर किनेकी थिइन् । उनी यो घरमा  एक्लै बस्छिन् । त्यहीकारण पनि उनले आर्थिक संकटको सामना गरिरहनु परेको छ ।

उनले आफूसँग सुटिङका अलावा अन्य पेशेवार प्रतिबद्धता रहेकाले ती कुरालाई पुरा गर्नु आफ्नो दायित्व भएको बताइन् । ‘हामी अलग अलग पैसा कमाउछौं । तर हामी सबैसँग भुक्तान गर्नका लागि बिल छ । त्यहीकारण मलाई काममा फर्कनुपर्नेछ’, उनले भनेकी छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  १२ : ०७ बजे

लगातार ८ वर्ष फ्लप र कान्ट्रोभर्सीपछि साम्राज्ञीले साइन गरिन् फिल्म

काठमाडौं – प्राइममा रहेका हिरो अनमोल केसीको नायिकाका रुपमा फिल्म

डलर साटिदिने भन्दै ठगी गरेको आरोपमा चारजना पक्राउ

काठमाडौं– डलर साटिदिने भनी प्रलोभनमा पारेर रकम लुटपाट गर्ने चार

लागूऔषधसहित दुईजना नियन्त्रणमा

वीरगञ्ज– प्रहरीले आज लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।  पर्साको

न्युयोर्क टाइम्स लेख्छ : मिसाइल संकट चुलिएपछि ट्रम्पले इरानमाथिको ठूलो आक्रमण रोके

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सेनासँग हवाई प्रतिरक्षा मिसाइलको