रसुवा पनि निषेधाज्ञा जारी « Khabarhub

रसुवा पनि निषेधाज्ञा जारी


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि जिल्लामा निषेधाज्ञा लागू भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै गए रातिदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो ।

अत्यावश्यक कामबाहेक घरबाट बाहिर नजान आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले कोरोना सङ्क्रमण नियन्त्रणमासबैक्षेत्रको सहयोग मिल्ने अपेक्षा गरिएको बताए ।

पहिलो चरणअन्तर्गत एक साताका लागि निषेधाज्ञा जारी गरिएको र अत्यावश्यक खाद्यान्न बिक्री वितरणका लागि बिहान ६ देखि ९ बजे समय निर्धारण गरिएको छ । औषधि पसल भने चैबिसै घण्टा खुला रहने व्यवस्था मिलाइएको छ ।

यही वैशाख ५ गतेदेखि तीन जनामा पुष्टि भएको कोरोना हाल रसुवाका पाँचवटै क्षेत्रमा फैलिएका कारण संङ्क्रमितको सङ्ख्या १७६ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोरोना रोग सङ्क्रमण रोकथामका लागि रसुवाका पाँचवटै स्थानीय तहहरूले जनजागरण कार्यलाई तीव्रता दिइरहेको र स्वास्थ्यकर्मी, सुरक्षा अङ्ग समेतका निकायसमेत परिचालन भइरहेकाले कुनै गाउँमा केही समस्या आएमा स्थानीय प्रहरी प्रशासन स्वास्थ्यकर्मीलाई खबर गरिदिन समुदायमाझ आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  १२ : २९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै