मान्छे फरक फरक वर्णका हुने कारण यस्तो ? « Khabarhub

मान्छे फरक फरक वर्णका हुने कारण यस्तो ?


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सबै मानिसको रंग एकै प्रकारको हुदैँन । एउटै परिवारका, एकै आमाबुवाका सन्तान पनि कोही कालो, कोही सेतो हुन्छन् । तर किन मानिस कोही कालो त कोही गोरो हुन्छ ?

वैज्ञानिकका अनुसार, मानिसको छालाको रंग फरक फरक हुनुमा शरीरको छालामा भइरहने विभिन्न रासायनिक प्रक्रियाहरु नै हुन् । छालामा क्रोमोजिन नामक तत्व अरु रसायनसँग मिल्दा यसले विशेष रंगको निर्माण गर्छ । यसले नै छालाको रंग निर्माण गर्दछ । यदी कुनै मानिसमा यो तत्व छैन भने छालाको रंग अति नै सेतो हुने गर्दछ ।

मानिसको छालाको वास्तविक रंग क्रिम जस्तो सेतो हुन्छ । तर क्रोमोजिनले यो फरक पर्न जान्छ । यसको कारण छालामा रहेको मेलानिन नामक तत्व पनि कारक हो । मानिस कालो होस् या गोरो होस्, उसको शरीरमा अनिवार्य रुपमा त्यो मेलानिन हुन्छ ।

मेलानिन पनि मूलतः दुई थरिका हुन्छन् । यसमध्ये पहिलो प्रकार फियोमेलानिन हो जो रातोदेखि पहेलो रंगको हुन्छ । दोस्रो इयुमेलानिन हो जो गाढा कलेजीदेखि कालो हुन्छ । र गोरो छाला हुने मानिसमा फियोमेलानिन सक्रिय हुन्छ । मेलानिनको संख्या र आकारको उपस्थितिले मानिसको रंगमा भुमिका खेल्दछ ।

सूर्यबाट पराबैजनी किरण पृथ्वीसम्म आउने भएकाले गर्मी महिनामा घाममा बस्दा छाला कालो हुन्छ । यस अलावा पृथ्वीको भू–मध्य रेखामा सूर्यको प्रकाश धेरै पर्दछ । त्यही भएर त्यहाँका मानिसहरुको छालामा मेलानिन धेरै मात्रामा पाइन्छ । उनीहरु अन्य ठाँउका मानिसहरु भन्दा काला हुन्छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  १२ : ०० बजे

इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

इलाम – बेलिब्रिजको सामग्री बोकेको ट्रक आज इलाममा ट्रक दुर्घटना

बाढी पीडितका नाममा रकम संकलन गरेको आरोपमा पक्राउ

काठमाडौं– बाढीपीडितका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम

बाढी प्रभावित क्षेत्रमा अनधिकृत ड्रोन उडाउन रोक, जफत गरिने

काठमाडौं – गृह मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा साना तथा अनधिकृत ड्रोन उडान

बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए

सिन्धुपाल्चोक-रसुवाको भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका ११४ नेपाली नागरिक केरुङ