अक्सिजनको आपूर्ति सहज बनाउन माग « Khabarhub

अक्सिजनको आपूर्ति सहज बनाउन माग


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेडिसिटी अस्पतालले अक्सिजनको आपूर्ति सहज बनाउन माग गरेको छ ।

अस्पतालले कोभिड तथा नन कोभिड दुवै बिरामीको उपचार गराइरहेको जानकारी गराउँदै अस्पताललाई चाहिने अक्सिजनको आपूर्ति सहज बनाउन माग गरेको हो ।

अस्पतालमा अहिले १२० कोभिड तथा १०० जना नन कोभिडका बिरामी रहेको जनाउँदै प्रत्येक दिन ४५० देखि ५०० अक्सिजन सिलिण्डर आवश्यक पर्नेमा सरकारले १०० सिलिन्डरमात्र भएकाले उपचारमा समस्या हुने जनाएको छ ।

अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस परिस्थितीमा अस्पतालले कोभिड तथा नन् कोभिड बिरामीहरुको सुरक्षित तवरले उपचार गराईरहँदा हाल आएर अक्सिजनको चरम् अभाव महशुस गरिएको छ । अहिले अस्पतालमा १०० जना भन्दा बढि नन् कोभिड बिरामीहरु त्था १२० जना भन्दा बढि कोभिडका बिरामीहरुको उपचार भइरहेकोमा ४० जना भन्दा बढि भेन्टिलेटर सहितको विभिन्न सघन उपचार कक्षमा रहेको र यो संख्या देशभरकै अस्पतालहरु मध्ये ठूलो संख्यामा रहेको समेत जानकारी गराउँछौँ । प्रत्येक दिन ४ सय पचास देखि ५ सय अक्सिजन सिलिण्डर आवश्यक पर्नेमा नेपाल सरकारबाट १ सय सिलिण्डरमात्र प्राप्त हुने जानकारी प्राप्त भएकाले कुनै पनि हालतमा उपचार गर्न सम्भव नहुने भएकाले सोका लागि सहज आपूर्ति गर्ने व्यवस्था मिलाउन नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सिसिएमसी र सम्बन्धित निकायहरुसँग हार्दिक अपिल गर्दछौँ ।’

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ३ : ३० बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई