समयमा रगत नपाउँदा सुत्केरीको मृत्यु « Khabarhub

समयमा रगत नपाउँदा सुत्केरीको मृत्यु


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– सोमबार सुत्केरी बेथा लागेपछि सङ्खुवासभाको दुर्गम सिलिचोङ गाउँपालिका –३ की २६ वर्षीया सिर्जना कुलुङलाई ताम्कू प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरियो ।

केन्द्रमा भर्ना भएको केही घण्टामै कुलुङले साधारण रुपमै शिशु जन्माइन । जन्मिएको केही समयपछि सुत्केरीको रक्तश्राव हुन थाल्यो । अत्यधिक रक्तश्राव भएपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल खाँदबारी पठाइयो ।

सदरमुकाम खाँदबारी लैजाने क्रममा सिलिचोङ ३ की उनको सोमबार राति ७ बजे मृत्यु भएको सिलिचोङ ३ का वडाध्यक्ष प्रतापसिंह तामाङले जानकारी दिए ।

जिल्ला अस्पताल खाँदबारी ल्याउने क्रममा खाँदबारी –१० चन्दनपुर आइपुगेपछि मृत्यु भएको वडाध्यक्ष तामाङले बताए ।

स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन आएकी कुलुङको अत्यधिक रक्तश्राव भएपछि ताक्कू प्राथमिक स्वास्थ्य केन्द्रले थप उपचारका लागि जिल्ला अस्पताल रेफर गरेको ताम्कू प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा भारती पण्डितले जानकारी दिइन।

शिशु जन्मिएदेखि नै अत्यधिक रक्तश्राव भएको र साल अड्किएपछि थप उपचारका लागि सदरमुकाम खाँदबारी लैजान रेफर गरिएको थियो ।

रक्तश्राव भएपछि उनलाई तत्काल रगतको चाहिने भएपछि ताम्कू प्राथमिक स्वास्थ्य केन्द्रमा उपलब्ध नभएकाले थप उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटैमा ज्यान गएको उनका श्रीमान् बलिराम कुलुङले जानकारी दिए ।

सदरमुकामसँग सडक सञ्जाल नजोडिएको सिलिचोङमा गाडी आवतजावत हुन सक्दैन । कच्ची बाटो र समयमा एम्बुलेन्स नपाएका कारण श्रीमतीको बाटैमा निधन भएको बलिरामले दुखेसो पोखे । शिशुको स्वास्थ्यावस्था सामान्य रहेको जनाइएको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमले सुत्केरी तथा गर्भवतीलाई निःशुल्क उद्धार गर्ने गरे पनि दुर्गमका नागरिक अनभिज्ञ भएकाले यस्तो घटना भइरहेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ४ : ०३ बजे

संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न ओलीको अपिल

कठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

सिरहामा भदौ २४ कै दृश्य : प्रदर्शनकारीले लगाइदिए एबी मलमा आगो

काठमाडौं- सिरहाको गोलबजारमा प्रहरीको गोलीबाट एकजना युवकको मृत्यु भएपछि तनाव

सभापति लामिछानेले थाले कोशी र मधेसका सांसदसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको पछिल्लो समसामयिक

सुनसरी घटनाको पाँच दिनपछि देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा तनाव सुरू भएको पाँच दिनपछि

‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत

काठमाडौं– ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक,