चीनबाट आइपुग्यो ४ सय थान अक्सिजन सिलिन्डर « Khabarhub

चीनबाट आइपुग्यो ४ सय थान अक्सिजन सिलिन्डर


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीन सरकारले अनुदानमा उपलब्ध गराउने भनेको २० हजारमध्ये चार सय थान अक्सिजन सिलिन्डर नेपाल ल्याइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज चार सय थान अक्सजिन सिलिन्डर चीनबाट नेपाल ल्याइएको जानकारी दिएको हो । बाँकी सिलिन्डर क्रमशः ल्याइने मन्त्रालयले जनाएको छ ।

अक्सिजन सिलिण्डर लिनका लागि नेपाल वायुसेवा निगमको वाइड बडी ए३३० विमान चीन गएको थियो ।

विमानले अक्सिजन सिलिण्डरका साथै १६० अक्सिजन कन्सर्नटेटर, १० थान भेन्टीलेटर गरि करिब ३० टन सामान लिएर फर्किएको हो । अन्य सामग्री तयार हुनासाथ लिन जानका लागि विमान तयारी अवस्थामा राखिने निगमले जनाएको छ ।

तस्वीर- डीमप्रकाश पौडेलको फेसबुकबाट

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ४ : ३५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै