नुवाकोटका स्थानीय तहले अक्सिजनसहितको आइसोलेशन बनाए | Khabarhub Khabarhub

नुवाकोटका स्थानीय तहले अक्सिजनसहितको आइसोलेशन बनाए


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– कोभिड–१९ का सङक्रमितहरु बढ्दै गएपछि स्थानीय तहले पूर्व तयारीलाई ध्यान दिन थालेका छन् । हालसम्म यहाँका तीन स्थानीय तहले आइसोलेशन कक्ष तयार गरेका छन् । विदुर नगरपालिका, तादी र शिवपुरी गाँउपालिकाले आइसोलेशन कक्ष तयार गरेका हुन् ।

विदुरले बट्टारको खेलकुद कभर्ड हलमा ५० शय्याको अक्सिजन सहितको आइसोलेशन बनाएको छ । सङ्क्रमितलाई मध्यनजर राख्दै आइसोलसेन तयार गरिएको नगर प्रमुख सन्जु पण्डितले जानकारी दिइन् ।

तादीका अध्यक्ष नारायणप्रसाद पाण्डेले खरानीटार अस्पतालमा अक्सिजन सहितको २० शय्या तयारी अवस्थामा राखिएको जानकारी दिए ।

पालिकाले कोरोनाको आशंका लागेमा अस्पतालमा स्वाँव सङ्कलन गरी परीक्षणको लागि पठाउने व्यवस्था समेत गरेको जनाएको छ । शिवपुरीले अक्सिजन सहितको २० शय्या आइसोलेशन तयार गरेको छ । गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले कोरोनाको दोस्रो लहर समुदायस्तरमै फैलिदै गएपछि अक्सिजन सहितको शय्या तयार गरेको बताए ।

जिल्लामा पछिल्ला दिनहरुका सङ्क्रमणको दर बढ्दै गएको छ । मंगलबार जिल्लामा एकै दिन ६२ जना नयाँ सङ्क्रमित थपिएका छन् । ८७ जनाको स्वाव परीक्षण गरिएका मध्ये ती सङ्ख्यामा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा कोरोनाका दुई बिरामी निको भएका छन् भने एक जनाको ज्यान गएको छ । हाल जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५७८ पुगेको छ ।

२०७७ फागुन ११ गतेबाट सक्रिय सङ्क्रमित विहीन भएको जिल्लामा गत चैतको २३ गते नयाँ संक्रमित फेला परेको थियो । यसपछि सङ्क्रमणको दर बढ्दै गएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  १० : ३० बजे

नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा शेर्पा विजयी

काठमाडौं – पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था नेपाल पर्वतारोहण सङ्घ

सामुदायिक विद्यालयर सुधारको विषयमा छलफल

काठमाडौं – सामुदायिक विद्यालय सुधारको विषयमा छलफल भएको छ। शनिबार

पहिरो रोकथाम गर्न ‘बायो इञ्जिनियरिङ’ प्रविधि

गलकोट – बागलुङ बोक्से–सिगाना सडकको संरक्षणका लागि ‘बायो इञ्जिनियरिङ’ प्रविधि

रौतहटमा शङ्कास्पद सुटकेसमा महिलाको शव

रौतहट– रौतहटमा शनिबार राति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव

पाटन दरबारको ऐतिहासिक घण्ट जीर्ण अवस्थामा

ललितपुर– विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार स्क्वायरमा मल्लकालीन