बहुमतको सरकारको नेतृत्वमा दाबी गर्ने कांग्रेसको निर्णय « Khabarhub

बहुमतको सरकारको नेतृत्वमा दाबी गर्ने कांग्रेसको निर्णय


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले नयाँ सरकार गठनका बारेमा सबै दलहरूसँग छलफल गरेर राष्ट्रपतिसमक्ष बहुमतको सरकारको दाबी गर्ने निर्णय गरेको छ ।

आज बसेको पूर्व र वर्तमान पदाधिकारीको बैठकले जनता समाजवादी पार्टी (जसपा) र एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूहसँग समेत सरकार निर्माणका बारेमा छलफल गर्ने निर्णय गरेको हो । बैठकले गरेको निर्णयबारे जानकारी दिँदै वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘केन्द्रीय समितिले पहिला नै हाम्रो पार्टीको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको हो । अहिले त्यहीअनुसार अगाडि बढ्छौं ।’ कांग्रेसको नेतृत्वमा सरकार बनाउने विषयमा नेपाली कांग्रेस पार्टीभित्र कुनै समस्या नभएको वरिष्ठ नेता पौडेलले बताए ।

जसपाका अध्यक्ष उपेन्द्र यादवसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हिजो नै संविधानको धारा ७६ को २ अनुसारको प्रक्रिया अघि बढाउन राष्ट्रपतिसमक्ष आह्वान गरेको अवस्थामा कांग्रेसले जसपा एकजुट भएर कांग्रेस नेतृत्वको सरकारमा सहभागी होस् भन्ने चाहेको सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिए । उनले भने,‘जसपका अध्यक्ष उपेन्द्र यादवजीले सेमत ३ दलका नेताहरुले सही गरेर नै सरकार बनाउने प्रक्रिया शुरु गर्न आह्वान गरेको अवस्थामा जसपा एकजुट भएर अभियानमा सामेल होस् भन्ने कांग्रेसले चाहन्छ ।’

एमालेभित्र समेत असन्तुष्टि देखिएको र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु संसद बैठकमा अनुपस्थित भएको अवस्थामा नेपाल समूहसँग समेत छलफल गर्ने निर्णय कांग्रेसले गरेको छ । बैठकमा भएको छलफलबारे जानकारी दिदै सहमहामन्त्री डाक्टर महतले भने, ‘एमालेको माधवजीहरुको असन्तुष्टि हिजोको संसद बैठकमा देखियो । उहाँहरुको समर्थनका लागि पनि हाम्रो प्रयास रहन्छ ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि बैशाख ३० गतेसम्मको समय दिएको भन्दै सहमहामन्त्री महतले भने, ‘पर्सीसम्म परिस्थिति परिवर्तन हुनसक्छ । एमालेभित्रको असन्तुष्टि पनि देखिएको छ । जसपा पनि कांग्रेस नेतृत्वको सरकारमा आउने प्रशस्त सम्भावना छ । माओवादी केन्द्र आइसकेको छ । तीन दल एक ठाउँमा आए भने बहुमत हुन्छ । त्योभन्दा बाहिर पनि संख्या पुग्न सक्ने अवस्था छ ।’

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ५ : २८ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट