बहुमतको सरकारको नेतृत्वमा दाबी गर्ने कांग्रेसको निर्णय « Khabarhub

बहुमतको सरकारको नेतृत्वमा दाबी गर्ने कांग्रेसको निर्णय


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले नयाँ सरकार गठनका बारेमा सबै दलहरूसँग छलफल गरेर राष्ट्रपतिसमक्ष बहुमतको सरकारको दाबी गर्ने निर्णय गरेको छ ।

आज बसेको पूर्व र वर्तमान पदाधिकारीको बैठकले जनता समाजवादी पार्टी (जसपा) र एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूहसँग समेत सरकार निर्माणका बारेमा छलफल गर्ने निर्णय गरेको हो । बैठकले गरेको निर्णयबारे जानकारी दिँदै वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘केन्द्रीय समितिले पहिला नै हाम्रो पार्टीको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको हो । अहिले त्यहीअनुसार अगाडि बढ्छौं ।’ कांग्रेसको नेतृत्वमा सरकार बनाउने विषयमा नेपाली कांग्रेस पार्टीभित्र कुनै समस्या नभएको वरिष्ठ नेता पौडेलले बताए ।

जसपाका अध्यक्ष उपेन्द्र यादवसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हिजो नै संविधानको धारा ७६ को २ अनुसारको प्रक्रिया अघि बढाउन राष्ट्रपतिसमक्ष आह्वान गरेको अवस्थामा कांग्रेसले जसपा एकजुट भएर कांग्रेस नेतृत्वको सरकारमा सहभागी होस् भन्ने चाहेको सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिए । उनले भने,‘जसपका अध्यक्ष उपेन्द्र यादवजीले सेमत ३ दलका नेताहरुले सही गरेर नै सरकार बनाउने प्रक्रिया शुरु गर्न आह्वान गरेको अवस्थामा जसपा एकजुट भएर अभियानमा सामेल होस् भन्ने कांग्रेसले चाहन्छ ।’

एमालेभित्र समेत असन्तुष्टि देखिएको र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु संसद बैठकमा अनुपस्थित भएको अवस्थामा नेपाल समूहसँग समेत छलफल गर्ने निर्णय कांग्रेसले गरेको छ । बैठकमा भएको छलफलबारे जानकारी दिदै सहमहामन्त्री डाक्टर महतले भने, ‘एमालेको माधवजीहरुको असन्तुष्टि हिजोको संसद बैठकमा देखियो । उहाँहरुको समर्थनका लागि पनि हाम्रो प्रयास रहन्छ ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि बैशाख ३० गतेसम्मको समय दिएको भन्दै सहमहामन्त्री महतले भने, ‘पर्सीसम्म परिस्थिति परिवर्तन हुनसक्छ । एमालेभित्रको असन्तुष्टि पनि देखिएको छ । जसपा पनि कांग्रेस नेतृत्वको सरकारमा आउने प्रशस्त सम्भावना छ । माओवादी केन्द्र आइसकेको छ । तीन दल एक ठाउँमा आए भने बहुमत हुन्छ । त्योभन्दा बाहिर पनि संख्या पुग्न सक्ने अवस्था छ ।’

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ५ : २८ बजे

ट्रम्पको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि देशभित्र मतभेद

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठन गरिएको ‘बोर्ड अफ

कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी