अक्सिजनको कोटामा असन्तुष्टि जनाउँदै बिरामी भर्ना नलिने मेडिसिटीको चेतावनी « Khabarhub

अक्सिजनको कोटामा असन्तुष्टि जनाउँदै बिरामी भर्ना नलिने मेडिसिटीको चेतावनी


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल मेडिसिटी अस्पतालले सरकारले अक्सिजनको कोटा निर्धारण गरेकोमा आपत्ति जनाएको छ । सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै मेडिसिटीले कोभिडका नयाँ बिरामी भर्ना नलिने घोषणासमेत गरेको छ ।

अस्पतालले मंगलबार विज्ञप्ति जारी गर्दै कोभिड–१९ संकटन व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निर्धारण गरेको कोटाले नयाँ बिरामी भर्ना गरेर उपचार गर्न नसकिने जनाएको हो । सीसीएमसीले अक्सिजनको वितरण प्रभावकारी बनाउन मेडिसीटी अस्पताललाई दैनिक १ सय अक्सिजन सिलिण्डर कोटा निर्धारण गरेको थियो ।

उक्त अस्पतालले प्रत्येक दिन चार सयदेखि पाँचसय अक्सिजन सिलिण्डर आवश्यक पर्ने भन्दै नेपाल सरकारबाट एकसय सिलिण्डरमात्र प्राप्त हुने जानकारी पाएकाले त्यसले उपचारमा असहज हुने उल्लेख गरेको छ ।

अस्पतालका मेसु तथा प्रवक्ता डा. राज राणाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एकसय थान सिलिण्डरले कुनै पनि हालतमा उपचार गर्न सम्भव नहुने भएकाले कोभिड–१९ संक्रमणको जटिल स्थितिका बिरामीहरुको नयाँ भर्ना लिन अस्पताल असमर्थ छ।’

यस्तो छ अस्पतालले निकालेको विज्ञप्ति

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ६ : ०२ बजे

हर्मुज जलघाँटी खुलाउनेबारे इरान–ओमानबीच छलफल

तेहरान- हर्मुज जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने विषयमा छलफल गर्न

लहानको सार्वजनिक जग्गामा बनेका घर-टहरामा चल्यो डोजर (तस्बिरहरू)

सिरहा– लहानको नयाँबजारस्थित सार्वजनिक जग्गामा बनाइएका घर–टहरामा डोजर चलेको छ ।

नेपाली स्टार्टअप एनच्याटले ल्यायो ‘एआई बिल्डर’, कोडिङविना नै आफ्नै एप बनाउन सकिने

काठमाडौं– नेपाली प्रविधि कम्पनी एनच्याटले प्रयोगकर्ताहरूका लागि कोडिङ तथा प्राविधिक

निजी क्षेत्रका समस्या र लगानी सुधारबारे १५ दिनभित्र सुझाव दिन समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले निजी क्षेत्रले विद्यमान ऐन, कानुन

हर्कले सोधे : स्याउ फलेका थिएनन् होला, प्रधानमन्त्री के चाख्न मुस्ताङ गएका हुन् ?

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता हर्क