१ हजार ३७४ कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा (विवरणसहित) « Khabarhub

१ हजार ३७४ कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा (विवरणसहित)


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ३ सय बढी कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल १ हजार ८४ कोरोना संक्रमितको आईसीयूमा र २९० को भेन्टिलेटरमा गरी कुल १ हजार ३७४ जना उपचाररत छन्। मन्त्रालयलेका अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा रहेका छन् ।

आजसम्मको तथ्यांक अनुसार प्रदेश १ मा १२७ जना आईसीयूमा र २९ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा ६० आईसीयूमा र ३७ जनाको भेन्टिलेटर उपचार भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ५२९ जनाआईसीयूमा र १८४ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा ८२ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १६० जना आईसीयूमा र १३ जना भेन्टिलेटरमा, कर्णालीमा १०२ जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा २४ जना आईसीयू र ८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

यस्तो छ मन्त्रालयको विवरण

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ९ : ०१ बजे

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

त्रिशूली–१ को सुरुङमा खोजी जारी, दुई शव निकालियो

रसुवा – रसुवास्थित माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त