टम क्रुजले फिर्ता गरे तीन ‘गोल्डेन ग्लोब अवार्ड’ « Khabarhub

टम क्रुजले फिर्ता गरे तीन ‘गोल्डेन ग्लोब अवार्ड’


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स–हलिउड फरेन प्रेस एसोसिएसन(एचएफपीए)लाई लिएर विवाद चलिरहँदा अभिनेता टम क्रुजले आफ्नो तीन ‘गोल्डेन ग्लोब अवार्ड’ फिर्ता गरेका छन् ।

दैनिक भास्करअनुसार क्रुजको अवार्ड फिर्ता गर्नु अघि एनबीसीले सन् २०२२ मा ‘गोल्डेन ग्लोब अवार्ड’ प्रसारण नगर्ने घोषणा गरेको थियो ।

टमले सन् १९९० मा ‘बर्न अन द फोर्थ अफ जुलाई’ र सन् १९९७ मा ‘जेरी मेग्यूयर’का लागि ‘बेस्ट एक्टर’को ‘गोल्डेन ग्लोब अवार्ड’ जितेका थिए ।

यसका अलावा उनले सन् २००० मा ‘मेगनोलिया’का लागि ‘बेस्ट सपोर्टिङ एक्टर’को अवार्ड जितेका थिए ।

‘हामी मान्छौं कि एचएफपीए सार्थक सुधारका लागि प्रतिबद्ध छ । यद्यपि यसमा बद्लावका लागि काम र समय लाग्छ । हामी आशा गर्छौ कि एचएफपीएलाई यसलाई सही गर्नका लागि समय लाग्छ’ एनबीसीले भनेको छ ।

यो विवादको सुरुवात लसएञ्जल्सको मिडिया आउटलेटको एक रिपोर्ट पछि भएको थियो । रिपोर्टमा अर्गनाइजेसनले आफ्नो तत्कालीन ८७ सदस्यमा एउटा पनि अश्वेत पत्रकारलाई सहभागी नगराएको उल्लेख गरेको थियो ।

एचएफपीएका सदस्यमाथि सेलिब्रेटी र स्टुडियोसँग यौनिक, नस्लवादी टिप्पणी गर्ने र त्यसको समर्थन गरेको आरोप पनि लागेको थियो ।

एचएफपीएका साथ आफ्नो अस्वीकृति व्यक्त गर्ने क्रुज नयाँ हलिउड अभिनेता हुन् । यसअघि चारपटक ‘गोल्डेन ग्लोब अवार्ड’का लागि मनोनयनमा परेकी अभिनेता स्कार्लेट जोहानसनले पनि हलिउड उद्योगका व्यक्तिहरुसँग एचएफपीएबाट पछि हटनका लागि आग्रह गरेकी थिइन् ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ८ : ४५ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका