रुपन्देही र दाङमा मात्रै ३१ संक्रमितको मृत्यु « Khabarhub

रुपन्देही र दाङमा मात्रै ३१ संक्रमितको मृत्यु


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– कोरोना भाइरस सङ्क्रमणका कारण रुपन्देही र दाङमा ३१ जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र दाङका विभिन्न अस्पतालमा उपचाररत सङ्क्रमितको मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्ष र कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा उपचाररत १४ सङ्क्रमितको मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार मृत्यु भएकामध्ये आठ जना रुपन्देहीका छन् ।

दाङमा मात्रै १७

दाङमा बितेको २४ घण्टामा १७ कोरोनाका बिरामीको मृत्यु भएको छ । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार आज मृत्यु हुनेमा घोराहीका पाँच, तुलसीपुरका आठ, लमहीका दुई तथा गढवा र दंगीशरणका एकएक छन् ।

आज मृत्यु हुनेमा कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत आठ र होम आइसोलेशनमा बसेका पाँच जना छन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई, लमहीमा होम आइसोलेशनमा बसेका एक तथा लमही अस्पताल र घोराहीको गायत्री अस्पतालमा उपचाररत एकएक जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ८ : ४८ बजे

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक