भारतमा कोरोना संक्रमण दर घट्दो, २४ घण्टामा ९१ हजार संक्रमित थपिए « Khabarhub

भारतमा कोरोना संक्रमण दर घट्दो, २४ घण्टामा ९१ हजार संक्रमित थपिए


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर घट्दो दरमा पाइएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ४०२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसअनुसार हालसम्म मृत्यु हुनेको संख्या ३ लाख ६३ हजार ९७ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ९१ हजार २६६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै त्यहाँ हालसम्म कोरोना संक्रमितहरुको कुल संख्या २ करोड ९२ लाख ७३ हजार ३३८ पुगेको छ ।

भारतमा हाल ११ लाख ३१ हजार बढी सक्रिय संक्रमित रहेका छन् । त्यस्तै भारतमा हालसम्म २ करोड ७७ लाख ७८ हजार ८९४ जना निको भएका छन ।

यसैगरी विश्वमा हालसम्म कोरोना संक्रमितको संख्या १७ करोड ५६ लाख १ हजार नाघेको छ । अहिलेसम्म विश्वमा ३७ लाख ८८ हजार १ सय बढीको मृत्यु भएको छ । विश्वमा १५ करोड ९४ लाख ५९ हजार बढी कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ७ : १४ बजे

माघ शुक्ल प्रतिपदा : हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार

काठमाडौं – तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन

प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : आचारसंहिता लागू

काठमाडौं – निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

 आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।