छात्राको शंकास्पद मृत्यु : परिवारद्वारा छानविनको माग « Khabarhub

छात्राको शंकास्पद मृत्यु : परिवारद्वारा छानविनको माग


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– अध्ययनका क्रममा दमकमा रहेकी ईलामकी एक छात्राको शंकास्पद मृत्यु भएको भन्दै परिवारले प्रहरीमा जाहेरी दिएको छ ।

ईलामको देउमाई ४ की सेजल कोईराला बुधबार साँझ शौचालयमा अचेत अवस्थामा भेटिएकी थिइन् । उनलाई तत्कालै अस्पताल पुर्‍याइए पनि बचाउन सकिएको थिएन ।

छोरीको स्वभाविक मृत्यु नभएको र घटना शंकास्पद रहेको भन्दै छानविन गर्न बुवा सरोज कोईरालाले ईलाका प्रहरी कार्यालय दमकमा उजुरी दिएका छन् । सेजल दमकमा बसेर रेडियोलोजी अध्ययन्रत थिईन् ।

यस्तो थियो घटना 
सेजल झापाको दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो बर्षमा अध्ययनरत थिईन् । दमक – ५ स्थित एक घरमा भाडाको फ्ल्याटमा बसेर अध्ययन गर्दै आएकी उनको रहस्यमयी मृत्यु भएको परिवारको दाबी छ ।

उनलाई बुधबार बेलुकी करीब ५ बजे साथीले मोवाइलमा सम्पर्क गरेका थिए । उनको मोवाइल नउठेपछि साथीहरु कोठामा पुग्दा उनलाई शौचालयमा बेहोस अवस्थामा भेटेका प्रहरी नायव उपरिक्षक नवराज कार्कीले बताए ।

अचेत अवस्थामा रहेकी उनलाई साथीहरुले नै तत्काल लाइफलाइन अस्पताल ल्याए पनि बचाउन सकेनन् ।

इलाका प्रहरी कार्यालय दमकका इञ्चार्ज प्रहरी नायव उपरीक्षक नवराज कार्कीका अनुसार कोइरालाको शव पोस्टमार्टमका लागि धरान पठाएको छ । प्रहरीले सेजलाको मृत्युको कारणबारे अनुसन्धान शुरु भइसकेको जनाएको छ ।

उनको पोस्टमार्टमका लागि वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने तयारी भएको जनाएको छ ।

रिपोर्टको पखाईमा प्रहरी
प्रहरीले विद्यार्थी सेजलको घटनाको विषयमा अनुसन्धान शुरु गरिसकेको जनाएको छ । शव परीक्षणका लागि पठाईएको र रिपोर्ट आए पछि घटनाका बारेमा थप सत्य तथ्य थाह पाउन सजिलो हुने प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए ।

परिवारले भने घट्ना स्वभाविक मृत्यु नभई हत्या भएको दाबी गरेको छ । घट्ना संलग्न भएको आशंका गरिएका व्यक्तिहरुको नामनै उल्लेख गरी जाहेरी दिएकाले मसिनो ढंगबाट अनुसन्धान जरुरी रहेको मृतकका एक आफन्तले बताएका छन् ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  १२ : १७ बजे

फिल्म ‘गौँथली’ : डाक्टरको एक्सन कट, फेरि टिकट किन्ने कुरा !

काठमाडौँ- डा. भोला रिजाल पेसाले चन्द चिकीत्सक हुन् । बेलायतमा

कसरी चल्दैछ बालेन सरकार ? थिति बसाल्दैछ कि बेथितिको सुरुवात ?

काठमाडौँ – फागुन २१ गते भएको निर्वाचनमार्फत् झण्डै दुई तिहाई

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम– मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ ।

बैंककको एक बारमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६० बढी घाइते

बैंकक– थाइल्याण्डको राजधानी बैंककस्थित एक बारमा आगलागी हुँदा कम्तिमा २७

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज