‘धुम ४’ मा अक्षय र सलमान ! « Khabarhub

‘धुम ४’ मा अक्षय र सलमान !


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– आमिर खान, कटरिना कैफ र अभिषेक बच्चनको प्रमुख भूमिका रहेको फिल्म ‘धुम ३’ बक्सअफिसमा फ्लप भए पनि यो फिल्मको सिरिजप्रति फ्यानको क्रेज घटेको छैन । किनकि फ्यानहरु ‘धुम ४’ को प्रतिक्षामा छन् ।

यदि यो फिल्ममा सलमान खान र अक्षय कुमार जस्ता बलिउडका ठूला स्टार जोडिए भने फ्यानका लागि यो भन्दा ठूलो खुशी के हुन सक्ला र !

सामाजिक सञ्जालमा ‘धुम ४’ का विषयमा सलमान र अक्षयको नाम जोडेर चर्चा परिचर्चा सुरु भएको छ । कतिपयले निर्माता आदित्य चोपडाले फिल्मका लागि सलमान र अक्षय फाइनल नै भइसकेको भन्ने दाबी गरेका छन् । यद्यपि यो विषयमा निर्माण कम्पनी यशराज फिल्मसले मुख खोलेको छैन ।

कामको कुरा गर्दा सलमान ‘टाइगर ३’ को तयारीमा छन् । फिल्ममा उनको अपोजिटमा कटरिना कैफ छिन् । उनी दक्षिण भारतीय फिल्म ‘खिलाडी’ र ‘मास्टर’ को रिमेकको समेत तयारीमा छन् । यी दुई फिल्मबाहेक उनी ‘किक २’ पनि बनाउँदैछन् ।

अक्षयको कुरा गर्दा उनी कटरिना कैफसँग फिल्म ‘सूर्यवंशी’ मा देखिँदैछन् । यसबाहेक ‘रक्षा बन्धन’, ‘बच्चन पाण्डे’, ‘अतरंगी रे’ र ‘बेल बटम’ उनका प्रतिक्षित फिल्म हुन् ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ४ : ३० बजे

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको